१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित



प्रतिनिधिसभा बैठक
अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बुधवारको बैठकमा मन्त्री अनुपस्थित भएपछि बैठक स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले बैठकको प्रारम्भ भएको जानकारी गराएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले मन्त्री उपस्थित नभएको ध्यानाकर्षण गराउनु भयो । उहाँले प्रतिनिधि सभा बैठकमा मन्त्रीको उपस्थिति नभएको भन्दै बैठक अगाडि नबढाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार सदनलाई हेपिरहेको छ । सरकार हामी जनप्रतिनिधिलाई एउटा कुरामा होइन हरेक कुरामा हेपिरहेको छ । हाम्रा अभ्यासहरु सरकार मानिरहेको छैन । अहिलेसम्म सदन सुरु हुँदा समेत मन्त्री कोही पनि छैनन् । हामी समितिहरुमा, उपसमितिहरुमा प्रतिपक्षी दल उपस्थित हुन्छ । तर सरकार उपस्थित हुँदैन । नियमावलीअनुसार या बैठक चल्दैन । बन्द गरियोस् ।’

उहाँले सरकारले हरेक कुरामा प्रतिपक्षी दलहरुलाई हेपिरहेको आरोप लगाउनु भयो । लगत्तै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ५ बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने भएकाले बैठक १५ मिनेटपछि बस्नेगरी सथगित भएको घोषणा गर्नुभयो ।