१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

दैनिक बढ्दै कोरोना सङ्क्रमण, एक हप्तामै १० हजार सङ्क्रमित थप

दैनिक बढ्दै कोरोना सङ्क्रमण, एक हप्तामै १० हजार सङ्क्रमित थप
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण  दिनप्रतिदिन बढ्दै गएको छ । नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै सङ्क्रमण दैनिक बढिरहेको हो ।

ओमिक्रोन भेरियन्ट सङ्क्रामक बढी रहेकोले पनि पिसिआर र एन्टिजेन परीक्षणमा सङ्क्रमण दर बढेको पाइएको हो । जनस्वास्थ्यका मापदण्ड लागू नगर्ने, भीडभाडमा जाने तथा खोप नलगाउने गर्नाले सङ्क्रमण बढिरहेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीता मिश्राले सङ्क्रमण गत हप्ताको तुलनामा यसहप्ता ९.२ प्रतिशतले बढेको बताउनुभयो । ओमिक्रोन भेरियन्टले सङ्क्रमण एक जनाबाट १० जनामा सार्ने गर्दछ ।

सङ्क्रमणको पहिलो लहरले एक जनाबाट अर्को दुई जनालाई तथा दोस्रो लहरमा डेल्टा भाइरसले एक जनाबाट चारदेखि पाँच जनासम्म सङ्क्रमित बढाउने गर्दथ्यो । उहाँका अनुसार अघिल्लो हप्ताको ४९ हजार ८७७ जनाको पिसिआर परीक्षणमा दुई हजार ३० जनामा सङ्क्रमण देखिएको छ । यसहप्ता ६२ हजार ७५५ जनाको पिसिआर गरिएकोमा आठ हजार ३७३ जनामा सङ्क्रमण देखिएको थियो । यस हप्ता परीक्षण २५.८ प्रतिशतले गरेका छन् । 

यसहप्ताको सङ्क्रमण दर १३.३ प्रतिशत छ । एन्टिजेन परीक्षण गर्दा ६.७ प्रतिशतले पछिल्लो हप्ताको तुलनामा यसहप्ता सङ्क्रमण बढेको पाइएको छ । खोप नलगाउने व्यक्तिमा लगाएको भन्दा १० गुणा बढी सङ्क्रमण बढ्छ । यस्तै खोप नलगाएकालाई अस्पतालमा भर्ना भएर गाह्रो ओमिक्रोनले १७ गुणा र मृत्यु हुने सम्भावना पनि २० गुणा बढाउने गर्ने अध्ययनले देखाएको छ ।   

एक हप्तामै १० हजार सङ्क्रमित

नेपालमा एक हप्तामा १० हजार सङ्क्रमित फेला परेका छन् । यही पुस २२ गतेदेखि पुस २८ गतेसम्म १० हजार ५८४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पुस २२ गते ५४०, पुस २३ गते ९६८, पुस २४ गते ९४४, पुुस २५ गते एक हजार १६७, पुस २६ गते एक हजार ४४६, पुस २७ गते दुई हजार ४४४ तथा पुस २८ गते तीन हजार ७५ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।  

खोपमा पनि वृद्धि

खोप लगाउनेको सङ्ख्यामा पनि वृद्धि भएको छ । मन्त्रालयका प्रवक्ता डा मिश्राका अनुसार गतहप्ताको तुलनामा यस हप्ता दुई प्रतिशतले खोप लगाउने सङ्ख्यामा वृद्धि भएको छ । दोस्रो मात्रा लगाउनेमा चार प्रतिशतले वृद्धि भएको छ ।

लक्षितमध्ये अहिलेसम्म ७६.९ प्रतिशतले पहिलो मात्रा र ५७. ६ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । बुधबार दुई लाख १४ हजार ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारले लक्षित समुदायलाई यही पुस मसान्तसम्म दुई तिहाईलाई खोप लगाउने लक्ष्य लिएको छ । कोरोना भाइरसको खोप वाग्मती र गण्डकी प्रदेशले लक्ष्य अनुसारको लगाइसकेका छन् । बाँकी प्रदेशले खोप लगाउने कार्यलाई द्रुत बनाएका छन् ।
  
सङ्क्रमण बढेसँगै सबै सर्तक हुनुपर्ने र जनस्वास्थ्यका मापदण्ड अझै कडाइका साथ गर्नुपर्ने देखिन्छ । मन्त्रालयले कोही पनि सङ्क्रमण भएको वा कन्ट्रयाक्ट टे«सिङमा परेका कम्तीमा पाँच दिन क्वारेन्टिनमा बसेर मात्र परीक्षण गराउन आग्रह गरेको छ । लक्षण देखिएका व्यक्तिले तुरुन्तै परीक्षण गराउन मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।