११ आश्विन २०८१, शुक्रबार
,
Latest
पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज र नित्यानन्द सिफारिस भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो यस्तो छ प्रहरीको चाडबाड सुरक्षा योजना अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ: परराष्ट्रमन्त्री भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजाद्वारा राष्ट्रकवि घिमिरेप्रति श्रद्धान्जलि



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रकवि माधवप्रसाद धिमिरेप्रति श्रद्धान्जलि अर्पण गरेका छन् । उनले स्वर्गीय घिमिरेलाई निरन्तर साधनारत उत्कृष्ट साहित्यिक व्यक्तित्व भन्दै  घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका हुन् । 

पूर्वराजा ज्ञानेन्द्रले देशभक्ति र प्रकृति प्रेममा आधारित उहाँका अनेकौं काव्यकृति सदा पठनीय र मननीय छन् भनेका छन् । उहाँको निधनले नेपाली वाङ्मय र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको कुरा उनले व्यक्त गरेका छन् । उनले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । 

राष्ट्रकवि घिमिरेको हिजो मंगलबार निधन भएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदैछ ।