१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा छैन– स्वास्थ्यमन्त्री (भिडियो सहित)

सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा छैन– स्वास्थ्यमन्त्री (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताउनु भएको छ । 

बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताउनु भएको हो । उहाँले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताउनु भयो । मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताउनु भयो ।

मन्त्री खतिवडाले भन्नुभयो, ‘शुरुका बेलामा आतंक बढी भएको हुनाले एक, दुई वटा सामान्य लक्षण देख्दा पनि यसको उपचार लकडाउन भनेर ग¥यौं । जति जानेको थियो त्यति ग¥यौं । विश्वमा, युरोपेली देशहरुमा लकडाउन भनेको सुन्यौँ, यो नयाँ कुरा भयो, त्यसैअनुसार ग¥यौं । 

हामी पनि आतंकित भयौँ । गर्नुपर्ने बेलामा गरेनौँ, अघि पछि ग¥यौं । त्यसले केही मृत्युदर घटायो होला भन्ने अनुमान गर्न सकिन्छ । तर त्यसले परेको शैक्षिक क्षेत्रको असर, औद्योगिक, राजश्व, सामाजिक क्षेत्रका अनेक कामहरुलाई पुगेको क्षति, नदेखिने यो क्षति मृत्यु भन्दा पनि भयावह ढंगले भयो । त्यसैले अब हामी आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ । आवश्यक्ता हेरेर खास ठाउँमा त्यो विचार पु¥याएर हामी लकडाउन गर्नेछौँ । सजिलैसँग लकडाउनमा जाँदैनौँ । आवश्यक्ताअनुसार ठाउँ विशेष गर्न सक्छौँ । त्यसैले तत्काल लकडाउनको विषयमा आतंकित हुनु पर्दैन । रोगव्याधको विषयमा पनि हामीले सकेसम्म नलागोस् लागे पनि हामीले सबै ठाउँमा आइसोलेशन वार्डहरु, आईसीयू, अक्सिजन, पहिलो भेरियन्टको बेला भन्दा दुई तीन गुणामाथि इक्वीपमेण्ट र टेण्ट भएका छौँ । नागरिकलाई असजिलो पर्दा सरकार तयारीका साथ बसेको छ । स्वास्थ्यकर्मीहरु हामीले तयारीका साथ राखेका छौँ ।’

मन्त्री खतिवडाले कोरोनाको तेस्रो भेरियन्टबाट बच्न होशियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले कोरोनाको पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्न पनि आग्रह गर्नुभयो । मन्त्री खतिवडाले विज्ञहरुले बुस्टर डोज लगाएपछि तेस्रो भेरियन्टबाट बच्न सहज हुने बताएकोले आउँदो माघ पहिलो हप्ताबाट अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले माघको दोस्रो हप्तामा ६० वर्ष माथिको उमेरसमूहका नागरिक र तेस्रो वा चौथो हप्ताबाट आम नागरिकहरुलाई कोरोना बिरुद्धको बुस्टर डोज उपलब्ध गराउने बताउनु भयो ।

मन्त्री खतिवडाले भन्नुभयो, ‘स्वास्थ्य मापदण्ड अपनाउने भनेर जुन कोरोनाको बेला विभिन्न ढंगले प्रचार गरेका थियौँ । अहिले पनि त्यसलाई हामीले लापरवाही नगरी होशियार हुनुपर्छ । त्यो भनेको मास्क लगाउने, स्यानिटाइजर गर्ने, दूरी कायम गर्ने, अनावश्यक भेटघाट नगर्ने, त्यसलाई सम्पूर्ण नागरिकहरुले पालना गर्नुपर्छ । पहिलो र दोस्रो डोज खोप लगाइदिनुहोस् । सरकारले निःशुल्क रुपमा विभिन्न स्थानबाट सहज हुनेगरी दिइरहेको छ, त्यो लगाए तेस्रो भेरियन्टबाट बच्न सकिन्छ । 

जिल्लासँग गासिएका अस्पताल, स्वास्थ्यकेन्द्रमा यो पाइन्छ । तेस्रो कुरा ओमिक्रोन भाइरस आएको छ, त्यसको लागि नेपाल सरकारले तेस्रो डोज आवश्यक पर्छ भनेको छ, त्यसलाई बुस्टर भनेर हल्ला गरिएको छ, त्यो दिन हामी तयार छौँ र हामी माघ पहिलो हप्ताबाट फ्रन्टलाइनर्सहरुलाई दिन शुरु गर्छौं । स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षा निकायका कर्मचारी, निजामति कर्मचारीलाई दिनेछौँ । त्यसपछि दोस्रोमा ६० वर्ष माथिकोलाई दोस्रो हप्तामा शुरु गर्दैछौँ । त्यसपछिको तेस्रो चौथो हप्ताबाट पहिलो, दोस्रो डोज लगाएको जसरी नै आम रुपमा लगाउने छौँ । कोही पनि नआत्तिन, नहत्तारिन, ब्ल्याक सोर्स, फोर्स लगाएर अनावश्यक रुपबाट तनावमा नबस्न आग्रह गर्छु, १८ वर्षमाथिको भ्याक्सिनको उत्पादन भएको थियो, हामीले दिएका छौँ । त्यसपछि अहिले ११ देखि १७ समूहको भ्याक्सिन उत्पादन भयो भनेर डब्ल्यूएचओले मान्यता दियो हामीले त्यो ल्याएर पुस ४ गतेबाट दिन थाल्यौँ । स्वास्थ्यकेन्द्र जान असजिलो होला भनेर विद्यालयलाई नै केन्द्र बनायौँ । विद्यालयलाई केन्द्र बनाउनुको कारण विद्यालयका विद्यार्थी मात्रै होइन, आसपासका त्यो उमेर समूहलाई पनि हो । ११ देखि १८ उमेर समूहको भ्याक्सिन सहजै पाउनु हुन्छ । हामीले ८४ लाख खोप यो उमेर समूहलाई लयाएका छौँ । खोप लगाउन भीड गर्नै पर्दैन सबै अस्पतालमा छ जान सक्नुहुन्छ ।’

मन्त्री खतिवडाले स्वास्थ्यकेन्द्र जानका लागि सहज बनाउन सरकारले विद्यालयलाई नै खोप केन्द्र बनाएको उल्लेख गर्दै नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गर्नुभयो । कोरोना खोप लगाउन अस्पतालमा भीड भइरहेको प्रशंगमा मन्त्री खतिवडाले विभिन्न अस्पताललाई खोप केन्द्र बनाइएको र अझै थप गरेर भीड हुन नदिने बताउनु भयो ।