२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान

पाकिस्तानमा यात्रु सवार रेल अपहरणमा पर्यो

पाकिस्तानमा यात्रु सवार रेल अपहरणमा पर्यो
अ अ+ अ-

एजेन्सी । पाकिस्तानमा बलुच लिबरेसन आर्मी (बीएलए)ले मंगलबार एक यात्रु रेल अपहरण गरेको छ ।

बीएलएले दावी गरेको छ कि उनका लडाकुहरूले जाफर एक्सप्रेसमा आक्रमण गरी कब्जा गरेका थिए । १२० यात्रुलाई बन्धक बनाएको छ । ट्रेन क्वेटाबाट पेशावर जाँदै थियो ।

पाकिस्तानी अखबार द डनले बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । शाहिदले भने, ‘क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसमा पेहरो कुन्री र गडलारबीच भारी गोलीबारी भएको खबर छ । यस अवधिमा ६ सैनिकको मृत्यु भएको छ ।’

एक विज्ञप्तिमा बीएलएले भनेको छ –‘हाम्रा लडाकुहरूले मस्कफ, धादर र बोलानमा यो अभियानको योजना बनाएका छन् । रेलवे ट्र्याक उडाएको छ, जसका कारण जाफर एक्सप्रेस रोकिनु परेको छ । यसपछि हाम्रा लडाकुहरूले यो ट्रेन कब्जा गरे र यात्रुहरूलाई बन्धक बनाए ।’

बन्धकहरूमा पाकिस्तानी सेना, प्रहरी, एन्टी टेररिज्म फोर्स (एटीएफ) र इन्टर(सर्भिसेस इन्टेलिजेन्स (आईएसआई) का एजेन्टहरू रहेका छन् जो पञ्जाब जाँदै थिए ।

महिला, बालबालिका र बलुच यात्रुहरूलाई रिहा गरिएको छ भने पाकिस्तानी सुरक्षा बलका कर्मचारीहरूलाई मात्र बन्धक बनाइएको छ ।

नोभेम्बर १४ मा क्वेटा रेलवे स्टेशनमा भएको विस्फोटमा २६ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए । त्यसबेला पनि आक्रमणको जिम्मेवारी आतंकवादी समूह बलुच लिबरेशन आर्मी (बीएलए)ले लिएको थियो ।