काठमाडौँ । रक्षामन्त्री मानवीर राईले जनताले ल्याएको लोकतान्त्रिक गणतन्त्र भएकाले जनताले चाहेको बेलासम्म रहने बताउनुभएको छ ।
संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले लोकतन्त्र नसकिने बताउनुभएको हो ।
उहाँले जनताले बनाएको संविधान सकिने भन्ने नहुने बताउनु भयो । उहाँले जनताले बनाएकै संविधानका कारण आज सर्वसाधारण मानिस राष्ट्रपति हुन पाएको उल्लेख गर्नुभयो ।
रक्षामन्त्री राईले भन्नुभयो, ‘सकिने भन्ने कुरा होइन । जनताले बनाएको संविधान सकिने भन्नेकुरा होइन । किनभने आज सर्वसाधारण जनता पनि हिजो राजा रहेको पदमा राष्ट्रपति हुने मौका पाएको छ । महिलाले पाएको छ । मधेसीले पाएको छ । उत्पीडित जनजाति सबैले पाएको छ । यो लोकतन्त्र, गणतन्त्र अन्त्य हुने विषय भएन । कहिले पनि अन्त्य हुँदैन । जनताले बनाएको संसिवधान, लोकतन्त्र र गणतन्त्र हो । जनताले नचाहेसम्म केही हुँदैन ।’
रक्षामन्त्री राईले जनताले बनाएको संसिवधान, लोकतन्त्र र गणतन्त्र भएकाले अन्त्य नहुने जिकिर गर्नुभयो ।









