८ भाद्र २०८३, सोमबार
,
Latest
गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताले ल्याएको लोकतान्त्रिक गणतन्त्र जनताले चाहेसम्म रहन्छ: रक्षामन्त्री राई



अ+ अ-

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले जनताले ल्याएको लोकतान्त्रिक गणतन्त्र भएकाले जनताले चाहेको बेलासम्म रहने बताउनुभएको छ ।

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले लोकतन्त्र नसकिने बताउनुभएको हो ।

उहाँले जनताले बनाएको संविधान सकिने भन्ने नहुने बताउनु भयो । उहाँले जनताले बनाएकै संविधानका कारण आज सर्वसाधारण मानिस राष्ट्रपति हुन पाएको उल्लेख गर्नुभयो ।

रक्षामन्त्री राईले भन्नुभयो, ‘सकिने भन्ने कुरा होइन । जनताले बनाएको संविधान सकिने भन्नेकुरा होइन । किनभने आज सर्वसाधारण जनता पनि हिजो राजा रहेको पदमा राष्ट्रपति हुने मौका पाएको छ । महिलाले पाएको छ । मधेसीले पाएको छ । उत्पीडित जनजाति सबैले पाएको छ । यो लोकतन्त्र, गणतन्त्र अन्त्य हुने विषय भएन । कहिले पनि अन्त्य हुँदैन । जनताले बनाएको संसिवधान, लोकतन्त्र र गणतन्त्र हो । जनताले नचाहेसम्म केही हुँदैन ।’

रक्षामन्त्री राईले जनताले बनाएको संसिवधान, लोकतन्त्र र गणतन्त्र भएकाले अन्त्य नहुने जिकिर गर्नुभयो ।