१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

साउदी अरबमा अमेरिकासँगको वार्ताका क्रममा युक्रेनले सीमित युद्धविरामको प्रस्ताव गर्ने

साउदी अरबमा अमेरिकासँगको वार्ताका क्रममा युक्रेनले सीमित युद्धविरामको प्रस्ताव गर्ने
CORRECTS CITY - In this photo provided by the Ukrainian Presidential Press Office, Ukrainian President Volodymyr Zelenskyy meets with Saudi's Crown Prince Mohammed bin Salman at the Royal Palace in Jeddah, Saudi Arabia, Monday, March 10, 2025. (Ukrainian Presidential Press Office via AP)
अ अ+ अ-

एजेन्सी । रुससँगको तीन–वर्षे युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिकाका शीर्ष कूटनीतिज्ञसँग भेट्न तयार युक्रेनी प्रतिनिधिमण्डलले कृष्ण सागर र लामो दूरीको क्षेप्यास्त्र आक्रमणका साथै बन्दीहरूको रिहाइ समेट्ने युद्धविरामको प्रस्ताव गर्ने दुई वरिष्ठ युक्रेनी अधिकारीहरूले सोमबार बताएका छन् ।

मङ्गलबारको बैठकको बारेमा सार्वजनिक रूपमा बोल्न अधिकृत नभएका कारण नाम नछाप्ने सर्तमा ती अधिकारीहरूले युक्रेनी प्रतिनिधिमण्डल युक्रेनको दुर्लभ खनिजहरूमा पहुँच सम्बन्धी संयुक्त राज्य अमेरिकासँग सम्झौतामा हस्ताक्षर गर्न वार्ताको क्रममा तयार रहेको बताए । उक्त सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सुरक्षित गर्न उत्सुक हुनुहुन्छ ।

जेद्दामा अमेरिकी विदेशमन्त्री मार्को रूबियोसँग युक्रेनी वार्ता टोलीको बैठकअघि थप विवरण उपलब्ध नगराई अधिकारीहरूले विश्वास निर्माण गर्ने उपायहरूबारे छलफल गरेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको फेब्रुअरी २८ को वासिङ्टन भ्रमण ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग ओभल अफिसमा बहस हुँदा भएको क्षति सुधार गर्न किएभले प्रयास गरिरहेको छ ।

युद्धमा युक्रेनलाई सहयोग गरेको संयुक्त राज्य अमेरिकाले पहिले प्रस्ताव गरेको सैन्य सहायता र गुप्तचर जानकारी जोखिममा छ तर वासिङ्टनले शान्ति सम्झौताका लागि दबाब दिँदै गर्दा अहिले रोक लगाइएको छ ।

रूबियो र जेलेन्स्की सोमबार केही घण्टाको अन्तरमा साउदी अरेबियामा अवतरण गर्नुभयो तर भेटघाट गर्नुभएन ।

जेलेन्स्कीले सोमबार साँझ राज्यको शक्तिशाली क्राउन प्रिन्ससँग भेट गर्नुभयो । उहाँहरूबीच ‘युद्धको अन्त्य गर्न र भरपर्दो र स्थायी शान्ति सुरक्षित गर्न आवश्यक कदम र सर्तहरूमा विस्तृत छलफल भएको’ जेलेन्स्कीले बताउनुभयो ।

“साउदी अरेबियाले कूटनीतिका लागि महत्त्वपूर्ण मञ्च प्रदान गर्दछ र हामी यसको कदर गर्छौं”, जेलेन्स्कीले अनलाइनमा भनन्नुभयो ।

रुबियोले पनि क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई भेट गर्नुभयो । उहाँले वार्ताको आयोजना गरेकामा धन्यवाद दिनुभयो र यमनका हुथी विद्रोहीहरूबारे पनि छलफल गर्नुभयो । हुथी विद्रोहीहरूले लाल सागरमा आफ्नो आक्रमण पुनः सुरु गर्ने धम्की दिएका छन् ।

आइपुग्नुअघि आफ्नो विमानमा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले आफू र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले साउदी अरबमा युक्रेनको प्रतिक्रियाको समीक्षा गर्ने बताउनुभयो ।

यदि युक्रेन र अमेरिका ट्रम्पलाई स्वीकार्य समझदारीमा पुगे भने त्यसले उहाँको प्रशासनको शान्ति वार्ताको प्रयासलाई तीव्र पार्न सक्छ ।

“उनीहरू युक्रेनीहरूका लागि यो महँगो र रक्तपातपूर्ण युद्ध भएको कुरा स्वीकार गर्दै उनीहरूले विचार गर्न सक्ने कुनै प्रकारको शान्ति वार्तालाप र सामान्य रूपरेखाहरूमा प्रवेश गर्न इच्छुक छन् कि छैनन् भन्नेबारे हामी जान्न चाहन्छौँ । उनीहरूले धेरै पीडा भोगेका छन् र उनीहरूका जनताले धेरै पीडा भोगेका छन्”, रुबियोले भन्नुभयो, “र यस्तो कुराको परिणाममा रियायतहरूको बारेमा कुरा गर्न पनि गाह्रो छ, तर यो अन्त्य गर्ने र थप कष्टहरू रोक्ने एक मात्र तरिका हो ।”

“म उनीहरूले के गर्नुपर्छ वा के गर्न आवश्यक छ भन्ने बारे कुनै शर्त राख्ने छैन । मलाई लाग्छ हामी उनीहरू कति टाढासम्म जान इच्छुक छन् भन्ने सुन्न चाहन्छौँ र त्यसलाई रुसीहरू के चाहन्छन् भन्नेसँग तुलना गर्न र हामी वास्तवमै कति टाढा छौँ भन्ने हेर्न चाहन्छौँ”, उहाँले भन्नुभयो ।

जेलेन्स्कीले रुबियोलाई भेट्ने आफ्नो टोलीमा उहाँका चिफ अफ स्टाफ एन्ड्री यर्मक, विदेशमन्त्री एन्ड्री सिबिहा र रक्षामन्त्री रुस्टेम उमरोभ समावेश हुने बताउनुभएको छ । रुबियोले अमेरिकी टोलीको नेतृत्व गर्नुहुनेछ ।

वासिङ्टनले किनारा लगाएको हुनाले बाँकी युरोप वार्ताबारे सशङ्कित रहेको छ ।

युरोपेली सङ्घ ९इयु० ले गत हप्ता महादेशको सुरक्षा बढाउन र ट्रम्प प्रशासनको युक्रेनमा अवस्था परिवर्तनको जवाफमा सुरक्षाका लागि सयौँ अर्ब युरो मुक्त गर्न सहमति जनाएको थियो ।

ह्वाइट हाउसका विशेष दूत स्टिभ विट्कफले सोमबार फक्स न्युजलाई युक्रेनसँग अमेरिकी जासुसी–साझेदारी रोक्दा रक्षा जासुसी–साझेदारी सीमित नभएको बताउनुभयो ।

“हामीले युक्रेनीहरूलाई आवश्यक पर्ने।।। कुनै पनि रक्षात्मक कुराका लागि जासुसी जानकारी बन्द गर्दैनौँ”, उहाँले भन्नुभयो ।

युक्रेनी सेनाद्वारा आक्रामक उद्देश्यका लागि प्रयोग गर्न सकिने अमेरिकी जासुसी साझेदारीमा रोक लगाइएको एक अमेरिकी अधिकारीले बताएका छन् । साउदी वार्ताको दौरान युक्रेनसँग जासुसी–साझेदारी पुनः स्थापित गर्नेतर्फ प्रगति हुन सक्ने ती अधिकारीले सङ्केत गरे ।