५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले शासन सञ्चालनमा पक्षपात गरेको नेकपा एसको आरोप



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले मुलुकमा भ्रष्टाचार संस्थागत हुँदै गएका कारण राजावादीहरु सल्बलाउन थालेको टिप्पणी गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद पाण्डेले वर्तमान सरकारले समेत नयाँपन दिन नसकेका कारण प्रतिगमनकारीहरु सक्रिय भएको आरोप लगाउनु भयो । उहाँले भ्रष्टचारीहरुलाई कारबाही गर्न वर्तमान सरकार पूर्णतः असफल भएको बताउनु भयो । सरकारले शासन सञ्चालनमा पक्षपात गर्दै रवि लामिछानेलाई जिल्ला घुमाउने काम गरिएको सांसद पाण्डेको आरोप छ ।

उहाँले लामिछानेको जस्तै मुद्दामा काँग्रेस उपसभापति र एमाले सांसदहरुलाई कुनै कारबाही नगरिएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘राजावादीहरु सल्बलाउनुमा सत्तामा बस्नेहरुले सुशासन दिन नसकेको, दुई तिहाईको सरकारले पनि नयाँपन दिन नसकेको, भ्रष्टाचार संस्थागत हुँदै गएको, भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीहरुलाई कारबाही गर्न सरकार पूर्णतः असफल हुँदै गएको, भ्रष्टाचारका एकपछि अर्को घटनामा मन्त्री, कर्मचारी र उच्चपदस्थ व्यक्ति, सरकारद्वारा नियुक्त विभिन्न संस्थानका प्रमुख मुछिँदै गएको, शासन संचालनमा व्यापक पक्षपात भएको, सहकारी गठी आरोपमा यसै संसदका सांसद रवि लामिछानेलाई झन्डै ९० दिन विभिन्न जिल्ला डुलाउँदै अपमान र यातना दिने काम गरियो तर यस्तै आरोपमा मुछिएका कांगेस उपसभापति र नेकपा एमालेका सांसदलाई कुनै कारबाही भएन । यी सबैलाई मुद्दा नचल्ने बन्यो । रवि लामिछानेलाई मुद्दा चल्ने अरुलाई नचल्ने देखियो । सत्तापक्षलाई एउटा कानून र सत्ता बाहिरको लाई अर्को कानून जस्तै भयो ।’

वर्तमान सरकारले सत्तापक्षको लागि एउटा कानून र प्रतिपक्षको लागि अर्को कानून कार्यान्वयन गरेजस्तो देखिएको टिप्पणी गर्नुभयो ।