१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

उपत्यकामा ‘सेप्टिक ट्याङ्क’ अभियान चलाउनुपर्नेमा उपप्रधानमन्त्रीको जोड

उपत्यकामा ‘सेप्टिक ट्याङ्क’ अभियान चलाउनुपर्नेमा उपप्रधानमन्त्रीको जोड
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आगामी बजेटमा उपत्यकाको समेट्नैपर्ने योजनाबारे उपत्यकाका जनप्रतिनिधिहरुसँग छलफल गर्नुभएको छ ।

सहरी विकास मन्त्रालयमा आज उपप्रधानमन्त्री सिंहले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका नगर प्रमुख र उपप्रमुखहरुसँग छलफल गर्नुभएको हो । सो क्रममा उपत्यकालाई कसरी व्यवस्थित र बस्नयोग्य सहर बनाउने, उपत्यकाका नदी प्रणाली सुधार्ने, फोहोरमैला र ट्राफिक व्यवस्थापनको समस्या कसरी हल गर्ने भन्ने विषयमा प्रमुख र उपप्रमुखहरुले धारणा राख्नुभएको थियो ।

उपप्रधानमन्त्री सिंहले उपत्यकामा बग्ने नदीहरुलाई सफा राख्न तीनै तहका सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उपत्यकाका नदी प्रणाली स्वच्छ बनाउन ‘सेप्टिक ट्याङ्क’ अभियान चलाउनुपर्ने बताउनुभयो । उहाँले सेप्टिक ट्याङ्क बनाउने कार्यलाई उपत्यकामा अभियानकै रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

“उपत्यकामा बग्ने नदीहरुलाई स्वच्छ बनाउनुप¥यो । त्यसका लागि अहिले जुन दुर्गन्ध छ त्यसलाई हटाउन हामीले सेप्टिक ट्याङ्की बनाउने अभियानमा लाग्नैपर्छ । अब नयाँ बन्ने ठाउँमा सेप्टिक ट्याङ्क हरेक घरमा बनाउनुप¥यो । जहाँजहाँ घर बनिसके, ठाउँ छैन भने १०÷१५ घरको एक ठाउँमा भए पनि सेप्टिक ट्याङ्की बनाउनुपर्छ,” उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “उपत्यकामा जमिनमुनि पानीको तह घटिरहेको छ । त्यसलार्ई बढाउन ग्राउन्ड वाटर हार्भेस्टिङ र सेप्टिक ट्याङ्कको अभियान नै चलाउनैपर्छ । नत्र, नदी स्वच्छ हुँदैन, दुर्गन्ध हट्दैन ।” उहाँले उपत्यकालाई स्वच्छ, सफा र स्वस्थ राख्न तीनै तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री सिंहले आफूले सहरी विकास मन्त्रालय सम्हालेदेखि नै बाग्मती र धोबीखोलामा अर्बौं रुपैयाँ खर्च भए पनि योजना बनाउँदा किन कमजोरी भयो भनेर प्रश्न उठाइरहेका र त्यसलाई सच्याउँदै सिधै ढल मिसाउन नदिन आवश्यक काम अघि बढाएको बताउनुभयो ।

छलफलमा उपत्यकाका विभिन्न पालिकाका प्रमुख र उपप्रमुखहरुले फोहोरमैला व्यवस्थापन, नदीको स्वच्छता र सफाइ, सहरी पूर्वाधारको विकासमा आउने बजेटमा सम्बोधन गर्नुपर्ने सुझाव दिए । उपप्रधानमन्त्री सिंहले उपत्यकालाई सुन्दर र बस्नयोग्य बनाउन पालिकाले गर्न सक्ने कामबारे कार्ययोजना पेस गर्न आग्रह गर्दै पालिकाबाट आएका सुझाव समेटेर बजेटमार्फत सम्बोधन गरी अघि बढ्ने बताउनुभयो ।