• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश

अध्यागमन विभागको ट्राभल एड्भाइजरी यथावत



काठमाडौँ । अध्यागमन विभागले कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको सङ्क्रमण रोकथामका लागि नेपाल प्रवेश गर्न रोक लगाइएको ट्राभल एडभाइजरीको व्यवस्थालाई यथावत राखेको छ ।

ओमिक्रोनको सङ्क्रमण देखिएका दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इरुवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउने वा ती मुलुकलाई ट्रान्जिट बनाइ नेपाल आउने वा गएको तीन साताभित्र ती मुलुकको भ्रमण गरेका यात्रुलाई गत मङ्सिर १६ गते राति १२ बजेदेखि नेपाल प्रवेश गर्न रोक लगाएको थियो । विभागले एक सूचना जारी गर्दै उल्लिखित नौ मुलुकलगायत सङ्क्रमणका जोखिम भएका अन्य मुलुकबाट नेपाल आउने नेपाली नागरिक र कूटनीतिक वा अफिसियल पासपार्टबाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकहरुका सम्बन्धमा विभिन्न व्यवस्था गरेको जनाएको छ ।

विभागले नयाँ भेरिएन्टको सङ्क्रमणको जोखिम भएका मुलुकहरुमा नेपालबाट यात्रा गर्न योजना बनाएका व्यक्तिहरुले अति आवश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरेको छ । ओमिक्रोनको सङ्क्रमणको अवस्थाका आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोखिमयुक्त मुलुकको पहिचान गरी विभागलाई प्राप्त हुने जानकारीका आधारमा त्यस्ता मुलुकहरुका सम्बन्धमा पुनः ट्राभल एड्भाइजरी जारी गर्ने उल्लेख गरेको छ ।