१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सरकारले लोकतन्त्रको लक्ष्मण रेखा नाघ्योः अध्यक्ष दाहाल

सरकारले लोकतन्त्रको लक्ष्मण रेखा नाघ्योः अध्यक्ष दाहाल
photo: rss
अ अ+ अ-

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारले लोकतन्त्रको लक्ष्मण रेखा नाघेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाउनुभएको हो ।

दुई तिहाईको वर्तमान सरकार नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लागि घातक हुने उहाँको जिकिर छ । वर्तमान सरकार र सत्तारुढ दलहरुले संख्याको अहंकारमा सत्ताको दुरुपयोग गरिरहेको अध्यक्ष दाहालको आरोप छ । उहाँले सरकारले प्रतिपक्ष र जनतलाई महत्व नदिएकै कारणले जनता सडकमा ओर्लिने अवस्था सिर्जना भएको बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो दुई तिहाई नै नेपालको लोकतन्त्रको लागि, नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको लागि घातक हुने त होइन भन्ने प्रश्न जनताको मनमा जन्मिसकेको छ । यसमा तपाईहरुलाई गम्भिर रुपमा सोच्न अनुरोध मात्र गर्न सक्छु अहिले । यो संख्याको अहंकार त छदैछ । त्यो अहँकारकबाट सत्ताको दुरुपयोग शुरु भयो । प्रतिपक्ष र जनताको रचनात्मक खबदारीलाई सरकारले कुनै भाउ नदिएकै कारण आज जनता सडकमा ओर्लिेने अवस्था आएको छ । र तपाईहरुलाई लागेको होला हामीसँग दुई तिहाई छ कसले के गर्न सक्छ ? सर्वप्रथम त तपाईले लोकतन्त्रको लक्ष्मण रेखा नाघ्ने गर्नुभएको छ । यो सरकारको जन्म नै लोकतन्त्र विरुद्ध भयो, संविधान विरुद्ध भयो भन्ने मेरो गम्भिर भनाई छ । पहिलो र दोस्रो पार्टी मिल्ने कुरा नै लोकतन्त्रको मूल मर्म विपरित छ । ’

उहाँले वर्तमान सरकारको जन्म नै लोकतन्त्र र संविधान विरोधी कदमबाट भएको टिप्पणी गर्नुभयो ।