६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङका स्वर्गद्वारी गुठीपीडित किसानहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणी चौधरीले दाङका स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले राज्यले सुन्नलाई कान र हेर्नलाई आँखा नभएजसरि किसानका मागहरुको बेवास्ता गरेको आरोप लगाउनु भयो । उहाँले आन्दोलनरत किसानहरुसँग भएका सामग्रिहरु समेत सरकारले डकैँती शैलीमा खोसेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘दाङका किसानहरु धर्नामा बसेको ३८ दिन भयो । राज्यले माग सम्बोधन गरेको छैन । मानौं राज्यसँग सुन्नको लागि कान छैन, हेर्नको लागि आँखा छैन । किसानहरुको साथमा रहेको सामानहरु डकैँती शैलीमा खोसिएको छ । यदि यसलाई ठिक मान्ने हो भने हामी पनि इटाको जवाफ पत्थरले दिन्छौं । अब त अत्ति भयो । अत्ति भए खति हुन्छ भन्ने हेक्का सरकारलाई हुनुपर्छ । ’

उहाँले मोही किसानका समस्या समाधान गर्न तदारुकताका साथ काम गर्न सरकारसँग माग गर्नुभयो ।