२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजाको उक्साहटबाट संविधान विपरितका कार्य भइरहेका छन्ः एमाले



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटबाट संविधान विपरितका कार्य भइरहेको आरोप लगाएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै एमाले मुख्य सचेतक महेश बर्तौलाले यस्तो आरोप लगाएका हुन् ।

पूर्वराजाले पछिल्लो समय गरिरहेका गतिविधिहरू दण्डनीय भएको भन्दै लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने उनले जिकिर गरे ।

पूर्वराजा शाहको निर्देशन र उक्साहटबाट यस्ता गतिविधि भइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण समेत गराए ।

बर्तौलाले भने– ‘पूर्वराजा ज्ञानेन्द्रको नामबाट, उहाँको निर्देशन र उक्साहटबाट संविधान विपरितका कार्य भइरहेका छन् । पञ्चायतकालीन राष्ट्रिय गान गाउने, मुलुकको राष्ट्रिय गान गाउने, अवमूल्यन गर्ने काम भइरहेका छन् । पूर्वराजा स्वयंले उक्साइरहेका छन् । उनको उपस्थितिमा यी कामहरू भइरहेका छन् ।’

यस्तै, भारतीय जनता पार्टीका नेतासमेत रहेका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको ब्यानरसहित र्‍याली भइरहेको भन्दै कानुनी दायरामा ल्याउन उनले आग्रह समेत गरे ।

‘केही र्‍यालीहरूमा विदेशी विशेषगरी भारतीय जनता पार्टीका नेता उत्तरप्रदेशका मुख्यमन्त्रीको ब्यानरसहितको र्‍याली भइरहेको देखिए । यस्ता कार्यलाई कानुनी दायरामा ल्याउन जरुरी छ ।’ उनले भने ।

यस्तै, बर्तौलाले संग्राहलयमा थन्किएको राजतन्त्रलाई फेरि पनि हुकुमका माध्यमबाट देश चलाउँछु भन्ने सपना देख्ने वा देख्न लगाउनेहरू सचेत हुन चेतावनी समेत दिए ।