११ आश्विन २०८१, शुक्रबार
,
Latest
जेबिएनएल सेक्यूरिटिज् ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज र नित्यानन्द सिफारिस भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो यस्तो छ प्रहरीको चाडबाड सुरक्षा योजना अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ: परराष्ट्रमन्त्री भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस काउन्सिलमा किशोर श्रेष्ठ कार्यवाहक अध्यक्ष कायमै, सरकारको निर्णय खारेज



अ+ अ-

काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षका रुपमा तोकेका दुर्गा भण्डारी पौडेललाई तत्काल काममा नलगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।  

सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडाको एकल ईजलासले हाल कार्यरत कार्यवाहक अध्यक्षलाई काममा बाधा नपुर्याउन समेत आदेश जारी गरेको छ ।

सरकारले प्रेस काउन्सिल विनियममा संशाेधन मार्फत कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाउँदै दुर्गा भण्डारी पौडेललाई कार्यवाहक अध्यक्ष तोकेको थियो । भण्डारीलाइ सरकारले हालैमात्र काउन्सिलकाे सदस्यमा नियुक्त गरेकाे थियाे । सरकारले गरेकाे विनियम संशाेधनमा अध्यक्ष नभएकाे अवस्थामा सदस्यहरूमध्येबाट एक जनालाइ कार्यवाहक ताेक्न सक्ने व्यवस्था गरिएकाे थियाे ।

तर यसअघि प्रेस काउन्सिलकाे विनियममा काउन्सिलका सदस्यहरूकाे बैठकले आफूहरूमध्येबाट एक जनालाइ कार्यवाहक ताेक्ने व्यवस्था थियाे ।

अदालतमा भएकाे बहसमा किशाेर श्रेष्ठकाे पक्षबाट वरिष्ट अधिवक्ताहरू शम्भु थापा, शतीसकृष्ण खरेल, बाेर्णबहादुर कार्की, प्रेमबहादुर खड्का, चन्डेश्वर श्रेष्ठ, गाेविन्द बन्दी समेतले बहस गर्नु भएकाे थियाे ।

सरकारको निर्णय बिरुद्ध परेको रिटमा सर्वाेच्चले कारण देखाउ आदेश जारी गरेपछि भण्डारी अब सदस्यका रुपमा काउन्सिलमा रहनु  हुनेछ ।

हेराैं सर्वोच्चको आदेश