
काठमाडौँ । स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुले खाता खोलेको छ ।
पाल्पाको माण्डव्य बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुका सौगात कोइरालासहित प्यानल निर्विरोध विजयी भएको हो ।
यसअघि पनि त्यहाँ अनेरास्ववियुले निर्वाचन जित्दै आएको थियो ।
५ गते हुने निर्वाचनको लागि अनेरास्ववियुको प्यानलविरुद्ध कसैको पनि उम्मेदवारी परेन ।
योसँगै लुम्बिनी प्रदेशबाट अनेरास्ववियुले आफ्नो खाता खोलेको छ ।