१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे लागुऔषध हत्या प्रकरणमा आइसिसीको वारेन्टमा पक्राउ

फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे लागुऔषध हत्या प्रकरणमा आइसिसीको वारेन्टमा पक्राउ
FILE - Former President of the Philippines Rodrigo Duterte speaks inside the Southorn Stadium during a thanksgiving gathering organized by Hong Kong-based Filipino workers for the former populist president in Hong Kong on March 9, 2025. (AP Photo/Vernon Yuen, File)
अ अ+ अ-

एजेन्सी । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेलाई मानवता विरुद्धको अपराधको मुद्दामा अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आइसिसी० को आदेशमा मङ्गलबार मनिलाको अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको फिलिपिन्स सरकारले जनाएको छ ।

हङकङबाट आइपुगेपछि डुटेर्टेलाई पक्राउ गरिएको थियो र प्रहरीले आइसिसीको आदेशमा उहाँलाई हिरासतमा लिएको थियो । पूर्वराष्ट्रपतिको अवैध लागुपदार्थ विरुद्धको घातक कारबाहीमा भएको सामूहिक हत्याको अनुसन्धान गरिरहेको राष्ट्रपति फर्डिनान्ड मार्कोसको कार्यालयले विज्ञप्तिमा बताएको छ ।

“उहाँ आइपुगेपछि महान्यायाधिवक्ताले पूर्वराष्ट्रपतिलाई मानवता विरुद्धको अपराधका लागि गिरफ्तारी वारेन्टका लागि आइसिसीको सूचना तामेल गर्नुभयो”, सरकारले भन्यो, “उहाँ अहिले अधिकारीहरूको हिरासतमा हुनुहुन्छ ।”

आकस्मिक गिरफ्तारीले विमानस्थलमा हङ्गामा मचायो । त्यहाँ वकिल र डुटेर्टेका सहयोगीहरूले उहाँलाई प्रहरी हिरासतमा लिएपछि चिकित्सक र वकिलहरूसँगै उहाँलाई नजिक आउनबाट रोकेको भन्दै चर्को स्वरमा विरोध गरे । “यो उहाँको संवैधानिक अधिकारको उल्लङ्घन हो”, डुटेर्टेका निकट सहयोगी सेन बोङ गोले पत्रकारहरूलाई भन्नुभयो ।

डुटेर्टेको गिरफ्तारी र पतनले अवैध लागुऔषधविरुद्ध उहाँको रक्तपातपूर्ण दमनका पीडितहरूका परिवारलाई स्तब्ध पा¥यो र रुवायो ।

“यो न्यायका लागि ठूलो, लामो समयदेखि प्रतीक्षा गरिएको दिन हो”, मनिला महानगरमा सन् २०१७ अगस्टमा लागुऔषध विरोधी कारबाहीका क्रममा प्रहरीले मारेका किशोरका काका र्‍यान्डी डेलोस सान्तोसले भन्नुभयो, “अब हामीले न्याय चलिरहेको महसुस गरेका छौँ । शीर्ष प्रहरी अधिकारीहरू र गैरकानूनी हत्यामा संलग्न सयौँ प्रहरी अधिकारीहरूलाई पनि हिरासतमा लिइनुपर्छ र दण्डित गरिनुपर्छ भन्ने हामीले आशा गरेका छौँ ।”

उहाँका भतिजा कियान डेलोस सान्तोसको हत्या गर्ने तीन प्रहरी अधिकारीलाई सन् २०१८ मा उच्च प्रोफाइल हत्याका लागि दोषी ठहर गरिएको थियो । उच्च प्रोफाइल हत्याका कारण डुटेर्टेलाई त्यस समयमा उहाँको क्रूर लागूऔषध विरोधी कार्यवाही अस्थायी रूपमा निलम्बन गर्न प्रेरित गरेको थियो ।

फिलिपिन्समा न्याय नपाइने भएकाले आइसिसीको सहयोग लिने निर्णय गरेका शङ्कास्पद न्यायेतर हत्याका पीडितहरूका परिवारका चिन्तालाई प्रतिबिम्बित गर्दै लागुऔषध विरोधी अभियानमा संलग्न कानून प्रवर्तकहरू विरुद्ध यो सजाय अहिलेसम्म कम्तीमा तीनमध्ये यो एक थियो ।

डुटेर्टेलाई प्रहरीले कहाँ लगेको भन्ने तुरून्त स्पष्ट भएन । सरकारले ७९ वर्षीय पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्था राम्रो रहेको बताएको छ ।

सन् २०११ नोभेम्बर १ देखि सन् २०१९ मार्च १६ सम्म डुटेर्टे दक्षिणी सहर दावाओका मेयर रहेका बेला आइसिसीले उहाँअन्तर्गत लागूऔषध हत्याहरूको अनुसन्धान सुरु गरेको थियो । डुटेर्टेले सन् २०१९ मा फिलिपिन्सलाई रोम विधानबाट फिर्ता लिनुभयो । यो मानव अधिकार कार्यकर्ताहरूका अनुसार जवाफदेहिताबाट बच्ने उद्देश्यले गरिएको थियो ।

डुटेर्टे प्रशासनले सन् २०२१ को अन्त्यमा विश्वव्यापी अदालतको अनुसन्धानलाई निलम्बन गर्न कदम चालेको थियो र फिलिपिन्सका अधिकारीहरूले पहिले नै उही आरोपहरू हेरिरहेका थिए भन्ने तर्क गर्दै आइसिसी–अन्तिम उपायको अदालत–को क्षेत्राधिकार नभएको तर्क गरेको थियो ।

आइसिसीका अपिल न्यायाधीशहरूले सन् २०२३ मा अनुसन्धान पुनः सुरु गर्न सकिने फैसला गरे र डुटेर्टे प्रशासनको आपत्तिलाई अस्वीकार गरे ।

नेदरल्यान्ड्सको हेगमा रहेको आइसिसीले नरसंहार, युद्ध अपराध र मानवता विरुद्धको अपराध लगायतका सबैभन्दा जघन्य अन्तर्राष्ट्रिय अपराधमा संदिग्धहरूलाई मुद्दा चलाउन देशहरू अनिच्छुक वा असमर्थ हुँदा कदम चाल्न सक्छ ।

सन् २०२२ मा डुटेर्टेको उत्तराधिकारी बनेका र पूर्वराष्ट्रपतिसँगको कटु राजनीतिक विवादमा फसेका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले विश्वव्यापी अदालतमा पुनः सामेल नहुने निर्णय गर्नुभएको छ ।

तर मार्कोस प्रशासनले यदि आइसिसीले अन्तर्राष्ट्रिय प्रहरीलाई तथाकथित रेड नोटिसमार्फत डुटेर्टेलाई हिरासतमा लिन आग्रह गर्‍यो भने सहयोग गर्ने बताएको छ । यो विश्वव्यापी कानून प्रवर्तन एजेन्सीहरूलाई अपराध संदिग्ध पत्ता लगाउन र अस्थायी रूपमा पक्राउ गर्न गरिएको अनुरोध हो ।