४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आफ्नो जीवनलाई आनन्दले भर्नुहोस्

आफ्नो जीवनलाई आनन्दले भर्नुहोस्
अ+ अ-

देहरादुन । अन्तर्राष्ट्रिय वक्ता, लेखक तथा शान्तिदूत श्री प्रेम रावतले देहरादुनको परेड ग्राउन्डमा हजारौँ श्रोताहरूलाई सम्बोधन गर्नुभयो। देहरादुनमा विगत केही वर्षहरूमा आएका परिवर्तनहरूको उदाहरण दिँदै प्रेम रावतले स्पष्ट पार्नुभयो, “यस संसारमा सबै कुरा परिवर्तन हुन्छन् तर तपाईँ जीवित रहेसम्म तपाईँको श्वासको आवागमनमा कहिल्यै परिवर्तन हुँदैन। श्वास आउनुजानु नै सृष्टिकर्ताको कृपा हो । त्यसैले तपाईँ यो श्वाससँग जोडिन सिक्नुहोस् तब तपाईँको जीवन रूपान्तरण हुनेछ अनि अझै राम्रो हुनेछ।”

एउटा कथाका माध्यमबाट उहाँले सम्झाउनुभयो, “स्वर्ग र नरक यहीँ छन् । तपाईँ क्रोध र अहङ्कारमा हुनुहुन्छ भने त्यतिखेर तपाईँ नरकमा हुनुहुन्छ । तपाईँको हृदय कृतज्ञता र प्रेमले भरिएको छ भने त्यतिखेर तपाईँ स्वर्गमा हुनुहुन्छ । अत: आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् ।”

यसरी नै उहाँले भन्नुभयो, ” बाहिरका आँखाहरूलाई खोल्नु एउटा कुरा हो भने अर्को चाहिँ भित्रको आँखा खोल्नु हो । तपाईँले आफूभित्रका आँखालाई खोल्नुभयो भने तपाईँभित्र भएको कुरा देख्न सक्नुहुन्छ । त्यसपछि तपाईँको हृदय आनन्दले भरिन्छ । तपाईँभित्र रहेका अविनाशीलाई जान्नुहोस्, चिन्नुहोस् र आफ्नो जीवन सफल बनाउनुहोस् । मेरो सन्देश त यही हो । यो केवल शब्द मात्रै होइन । मसँग उनलाई अनुभव गर्ने विधि पनि छ । म यसैलाई ‘ज्ञान’ भन्छु ।”

प्रेम रावतले उहाँको सन्देशमा आधारित ‘शान्ति शिक्षा कार्यक्रम’ (पिस एजुकेसन प्रोग्राम) ले विश्वभर पाँच लाखभन्दा बढी मानिसहरूको जीवनमा सुन्दर परिवर्तन ल्याएको कुरा सुनाउनुभयो । उहाँले थप्नुभयो, “आज म यही सन्देश लिएर आएको छु किनभने तपाईँको जीवनमा पनि परिवर्तन आओस् र तपाईँले आफ्नो जीवनको आनन्द लिन सक्नुहोस् ।”

को हुन्  प्रेम रावत ?

सन् १९७० को दशकमा एक विलक्षण प्रतिभाशाली बालक तथा प्रसिध्द किशोर व्यक्तित्वका रूपमा यात्रा सुरु गर्नुहुने प्रेम रावतले मानिसहरूमा स्पष्टता, प्रेरणा र जीवनप्रतिको गहन बुझाइ प्रदान गर्नुभएको छ ।

एक विश्वशान्तिदूतको भूमिकासँगै उहाँले करोडौँ मानिसहरूलाई प्रभाव पार्नुभएको छ । आज उहाँको सन्देश ११० भन्दा धेरै देशमा सुन्ने गरिन्छ । उहाँ हरेक व्यक्तिलाई आशा र शान्तिको सन्देश प्रदान गरेर आन्तरिक सुख र शान्ति सम्बन्धी व्यावहारिक मार्ग देखाउनुहुन्छ ।

उहाँका कार्यहरूलाई संसारले प्रशंसा गरिरहेको छ । यसमध्येमा उहाँले एकल लेखकद्वारा आफ्नो पुस्तक (स्वयम् की आवाज) वाचनमा सबैभन्दा धेरै उपस्थिति (१,१४,७०४ जना) का लागि, एउटै सम्बोधनमा सबैभन्दा धेरै दर्शकको सङ्ख्या (३,७५,६०३ जना) का लागि र बहुलेखकद्वारा पुस्तक वाचनमा सबैभन्दा धेरै दर्शकको सङ्ख्या (१,३३,२३४ जना) का लागि गरेर तीनओटा गिनिज विश्वकीर्तिमान बनाइसक्नुभएको छ । यी तीन वटै विश्वरेकर्ड सन् २०२३ – २५ मा बनाइएको हो ।

उहाँलाई सम्मानस्वरूप बिसओटाभन्दा बढी सहरहरूको साँचो तथा अन्य थुप्रै पुरस्कार प्रदान गरिएको छ । यसमध्येमा सन् २०१२ को प्रतिष्ठित एसिया प्यासिफिक ब्रान्ड लरियट लाइफटाइम अचिभमेन्ट अवार्ड पनि पर्दछ । यसअघि यो अवार्ड नोबेल शान्ति पुरस्कारका विजेता नेल्सन मन्डेला तथा स्टिब जब्सलाई प्रदान गरिएको थियो ।

एक लेखकका साथै प्रेम रावत ‘द प्रेम रावत फाउन्डेसन’ (टीपीआरएफ) का संस्थापक पनि हुनुहुन्छ । यस संस्थाले भोजन, पानी र शान्तिजस्तो आधारभूत मानवीय आवश्यकतालाई पूरा गर्ने कार्य गर्दछ । यसको पहलस्वरूप ‘जनभोजन’ कार्यक्रममार्फत भारत, नेपाल, घाना र दक्षिण अफ्रिकामा विपन्न वर्गका बालबालिका तथा अस्वस्थ वयस्कहरूलाई समेत पौष्टिक भोजन प्रदान गर्ने गरिन्छ । उहाँको सन्देशमा आधारित पिस एजुकेसन कार्यक्रम १४०० भन्दा बढी शैक्षिक एवम् अन्य संस्थाहरूमा देखाउने गरिन्छ । यसबाट ५ लाखभन्दा बढी मानिसहरू लाभान्वित भएका छन् । यो कार्यक्रम १००० भन्दा बढी जेलमा सञ्चालन भइरहेको छ । यसको प्रभावबाट कैदीबन्दीहरूमा दोहोर्याएर अपराध गर्ने सम्भावना घटेको पाइएको छ ।

सन् २०२३ मा प्रेम रावतले टीभी, पत्रपत्रिका र रेडियोसहित विभिन्न सञ्चार माध्यमका सहायताले ९१.६ करोड मानिसहरूसमक्ष यो सन्देश प्रवाह गर्नुभएको छ । उहाँको ‘लाइफ एसेन्सियल’ नामक पोडकास्ट च्यानललाई ११० भन्दा बढी देशहरूमा सुन्ने गरिन्छ । उहाँको ‘स्वयम् की आवाज’ र ‘शान्ति सम्भव छ’ (पिस इज पोसिबल) पुस्तकलाई संसारभर मन पराइएको छ । उहाँ केवल वक्ता र लेखक मात्र नभएर एक आविष्कारक, सङ्गीतकार, कलाकार, फोटोग्राफर तथा हवाईजहाज र हेलिकप्टरका एक कुशल विमानचालक पनि हुनुहुन्छ । उहाँसँग १५,००० घण्टा उडान भरेको अनुभव छ । उहाँ विवाहित हुनुहुन्छ । उहाँका चार जना छोराछोरी तथा चार जना नातिनातिनाहरूसमेत छन् ।

प्रेम रावतका कार्यलाई सरकारी, गैरसरकारी सङ्गठन, व्यापारिक संस्थानदेखि संसारका नागरिक सङ्गठनद्वारा स्वीकार गरिएको छ । उहाँले ब्रिटेनदेखि लिएर न्युजिल्यान्डसम्मको संसद तथा हावर्ड एवम् अक्सफोर्ड विश्वविद्यालयजस्ता प्रतिष्ठित संस्थानहरूमा सन्देश प्रस्तुत गर्नुभएको छ । सन् २०११ मा प्रेम रावत ‘युरोपियन संघ’ (ईयू) को एउटा विशेष कार्यक्रममा मुख्य वक्ता हुनुहुन्थ्यो । त्यहाँ उहाँले ‘शान्तिका लागि प्रतिज्ञा’ (प्लेड्ज टु पिस) मा हस्ताक्षर गर्नुभयो र उहाँलाई यसका लागि राजदूत घोषित गरिएको थियो ।