२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान

पदक विजेता महिला कबड्डी टोलीको स्वागत

पदक विजेता महिला कबड्डी टोलीको स्वागत
अ अ+ अ-

काठमाडौं। छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपको कांस्य विजेता नेपाली टोलीलाई सोमबार स्वागत गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुल्सी थापा, कबड्डीकी मुख्य प्रशिक्षक पार्वती राई, प्रशिक्षक, खेलाडीलगायतले टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

इरानको तेहरानमा भएको प्रतियोगिताको समूह चरणमा नेपालले इराकलाई ६८–६ ले पराजित गरेको थियो । नेपालसहित तीन राष्ट्र रहेको समूह चरणको अर्को खेलमा भने नेपाल इरानसंग ४७–१४ ले पराजित हुँदै समूह उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गर्दै कांस्य पदक पक्का गरेको थियो । सेमिफाइनलमा भारतले नेपाललाई ५६–१८ ले हराएको थियो ।

फागुन २० देखि २४ गतेसम्म भएको प्रतियोगितामा नेपालसंगै बंगलादेश पनि संयुक्त रुपमा तेश्रो भयो । भारत पहिलो र इरान दोश्रो स्थानमा रहे । चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य जितेको थियो ।

सदस्य–सचिव घिसिङले एसियाली खेलकुदमा कबड्डी टोलीलाई सहभागी गराएकोमा आफूले धेरै आलोचना खेप्नु परेको स्मरण गर्दै भने– ‘१९ औं एसियाली खेलकुदमा महिला कबड्डी टोलीलाई सहभागी गराउदा मैले धेरै आलोचना खेप्नु परेको थियो । एसियाली खेलकुदमा नेपालले पदक जितेर इतिहास नै रच्यो ।

आज फेरी महिला टोलीले एसियाली च्याम्पियनसिपमा पदक जित्दै मेरो निर्णय सही सावित गर्दै सिंगो राष्ट्रलाई गौरवान्वित बनाएको छ । बधाई छ तपाईहरुलाई । अब म टोलीले विश्वकपमा पदक जितेको हेर्न चाहन्छु ।’ सदस्य–सचिव घिसिङले राष्ट्रिय खेलकुद विकास नियमावली– २०७९ मा भएको व्यवस्था अनुसार टोलीको नगद पुरस्कारका लागि सिफारिस गर्ने बताए ।

टोलीकी कप्तान मानमति विष्टले परिषद्ले कबड्डीलाई गरेको विश्वासकै कारण कबड्डीले एकपछि अर्को सफलता हात पारेको बताउदै राष्ट्रका लागि पदक जित्न सकेकोमा खुशी व्यक्त गरिन् ।

प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, बंगलादेश, थाइल्यान्ड र मलेसिया गरी ७ राष्ट्र सहभागी थिए । सहभागीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको थियो ।

खेलाडीमा मानमतिसहित जयन्ती बडू, रविना चौधरी, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आस्मा यादव र विनिता पण्डित क्षेत्री रहेका छन् । अफिसियलमा कबड्डी संघका महासचिव अरविन्दकुमार झा, प्रशिक्षकमा हरिना थापा छन् भने नितु गुरुङ निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।