६ पुष २०८२, आईतवार
,
Latest
‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेलको अध्यक्षतामा ‘डिजिटल मिडिया अलायन्स’ गठन



अ+ अ-

काठमाडौँ । डिजिटल माध्यमबाट प्रकाशन तथा प्रसारण हुने सञ्चारमाध्यमका प्रतिनिधिहरूले ‘डिजिटल मिडिया अलायन्स’ ‘डिम्यान’ गठन गरेका छन् ।

आज गौतम बुद्ध जन्मस्थल लुम्बिनीबाट औपचारिक रूपमा डिम्यानम घोषणा गरिएको हो । केही दिनअघि दर्ता भएको अलाएन्सले अध्यक्ष मोहराज पौडेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरेको थियो ।

उनका अनुसार अलायन्समा हाल डिजिटल सञ्चार माध्यममा सक्रिय मिडिया जोडिएका छन् । अन्य सञ्चारमाध्यमलाई अलाएन्समा जोड्दै लगिने छ । अलायन्सले डिजिटल मिडियाको हक हित र निष्पक्षताका लागि वकालत गर्ने अलायन्सका महासचिव युवराज कँडेलले बताए ।

अलायन्सले डिजिटल मिडियामा आबद्ध पत्रकारको क्षमता अभिवृद्धि र गुणस्तर वृद्धिका साथै डिजिटल मिडियाको संरक्षण तथा सम्वर्द्धनमा भूमिका खेल्ने उनले बताए ।

संस्थाको नेतृत्व सुनौलो नेपालका मोहराज पौडेलले गरिरहेका छन् भने उपाध्यक्षद्वयमा नेपाल वान एचडीका मोनिका सिंह र हुलाक सञ्चारका महेश पौडेल, महासचिवमा सिधाकुरा मिडिया नेटवर्कका युवराज कँडेल, सचिवमा राइट सञ्चारका अर्जुन विस्ट र कोषाध्यक्षमा लालीगुँरासका कमल चौलागाईं छन् ।

सदस्यमा आर्टिस्ट खबरका गोपीकृष्ण चापागाईं, अबाउट नेपालका नरेन्द्र महरा र सल्लाहकारमा सिटिजन एचडीका विजन दुवाडी छन् ।