२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु



अ+ अ-

अछाम।अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ ।

जिल्लाको मङ्गलसेन नगरपालिका–९ ओलीगाउँको रातोमाटेमा आज दिउँसो माटोको ढिस्कोमा परी सोही नगरपालिका–८ सुतुडा निवासी २७ वर्षीया देउरुपा बोहरा र २३ वर्षीया विनिता बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिदा दुवै जनाको घटनास्थलमै मृत्युु भएको हो । मृतक दुवैको शव स्थानीय र प्रहरीको सहयोगमा माटोको ढिस्कोबाट निकालिएको छ । रासस