११ आश्विन २०८१, शुक्रबार
,
Latest
जेबिएनएल सेक्यूरिटिज् ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज र नित्यानन्द सिफारिस भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो यस्तो छ प्रहरीको चाडबाड सुरक्षा योजना अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ: परराष्ट्रमन्त्री भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीमा मृत्युहुने २८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि



सांकेतिक तस्बिर
अ+ अ-

सप्तरीमा मृत्यु पछि थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ४ बस्ने २८ वर्षीय युवकमा मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए । 

केहि दिनदेखि रुघा खोकी, स्वाशप्रश्वाश, दम लगायतको समस्या देखिएपछि मृतकलाई मंगलवार उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजको ओपिडिमा लगिएको थियो । केहि समय अस्पतालको इमरजेन्सीमा भर्ना गराएर अक्सिजन पनि लगाएको थियो, तर उपचार सम्भव नभएपछि विपी कोईराला विज्ञान प्रतिष्ठान धरानमा रिफर गरेपछि त्यहाँ नै मृत्यु भएको प्रमुख यादवले बताए । 

मृत्युपछि स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य प्रमुख यादवले बताए ।