२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठगी मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ



अ+ अ-

काठमाडौं। ठगी मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गुल्मी कालीगण्डकी गाउँपालिका-६ घर भई ललितपुर, ललितपुर महानगरपालिका-४ बागडोल बस्ने ३२ वर्षीय समुन्द्र श्रेष्ठ र ३४ वर्षीय सन्देश श्रेष्ठ रहेका छन् ।

जिल्ला अदालत भक्तपुरबाट २०८० मंसिर २२ गते उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर बागडोलबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।