४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङविरुद्धको खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्दै



अ+ अ-

काठमाडौँ। युगान्डामा जारी महिला टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले ‘टस’ जितेको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल क्रिकेट मैदानमा भरखरै भएको ‘टस’मा नेपाली टोलीको कप्तान इन्दु बर्माले टस जितेर पहिला बलिङ रोजेकी हुन् । यससँगै हङ्कङले पहिला ‘ब्याटिङ’ गर्नेछ । आज हङकङलाई हराउँदै नेपाल प्रतियोगितामा दोस्रो जित दर्ता गराउने दाउमा छ ।

पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डालाई एक विकेटले पराजित गरेको थियो । यस्तै, हङकङ पनि दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा युगान्डासँग पराजित हङकङले दोस्रो खेलमा नामिबियालाई पराजित गरेको थियो ।

प्रतियोगितामा नेपालसँगै युगान्डा, नामिबिया र हङकङको सहभागिता रहेको छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई/ दुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीबीच फाइनल खेल हुनेछ ।