१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

खेलकुद गतिविधि नगर्ने विद्यालयमा विद्यार्थी घटिरहेका छन्ः खेलकुदमन्त्री चौधरी

खेलकुद गतिविधि नगर्ने विद्यालयमा विद्यार्थी घटिरहेका छन्ः खेलकुदमन्त्री चौधरी
अ अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रत्येक निजी विद्यालयमा स्काउटको व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।

सोमवार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको १६ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले नेपाल स्काउट खेलकुद मन्त्रालयअन्तर्गत रहेको र प्रत्येक निजी विद्यालयले आफ्नो विद्यालयमा स्काउट राख्न आग्रह गर्नुभयो । उहाँले स्काउटले विद्यार्थीलाई अनुशासनमा राख्ने बताउनु भयो ।

उहाँले विद्यालय भनेकै खेलकुद रहेको बताउँदै खेलकुद नभएको विद्यालयमा विद्यार्थी घटिरहेको तथ्यांकले देखाएको बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘खेलकुद मन्त्रालयअन्तर्गत नेपाल स्काउट छ । यो प्रत्येक निजी विद्यालयहरुले राखिदिन मैले आग्रह गर्न चाहेँ । किनभने त्यसले विद्यार्थीलाई अनुशासित मात्रै बनाउँदैन ।

हरेक क्षेत्रमा अघि बढाउन मद्दत गर्दछ । हाम्रो मन्त्रालयको तर्फबाट, नेपाल स्काउटको तर्फबाट हामी परिषद् पठाइदिएर सहयोग गरिदिन आग्रह गर्दछु । प्रशिक्षक पठाउँछौँ । सात दिनको तालिम हो । धेरै दिनको छैन । विद्यालय भनेको खेलकुद नै हो । जुन विद्यालयमा खेलकुद छैन त्यस विद्यालयमा विद्यार्थी घटिरहेका छन् । विद्यालयमा खेलकुद आयोजना गराउनुस् ।’

मन्त्री चौधरीले प्याब्सनलाई जिल्ला, आफ्नो क्षेत्रभित्र कुनैपनि खेलहरु गराउन आग्रह गर्नुभयो ।