२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद गतिविधि नगर्ने विद्यालयमा विद्यार्थी घटिरहेका छन्ः खेलकुदमन्त्री चौधरी



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रत्येक निजी विद्यालयमा स्काउटको व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।

सोमवार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको १६ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले नेपाल स्काउट खेलकुद मन्त्रालयअन्तर्गत रहेको र प्रत्येक निजी विद्यालयले आफ्नो विद्यालयमा स्काउट राख्न आग्रह गर्नुभयो । उहाँले स्काउटले विद्यार्थीलाई अनुशासनमा राख्ने बताउनु भयो ।

उहाँले विद्यालय भनेकै खेलकुद रहेको बताउँदै खेलकुद नभएको विद्यालयमा विद्यार्थी घटिरहेको तथ्यांकले देखाएको बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘खेलकुद मन्त्रालयअन्तर्गत नेपाल स्काउट छ । यो प्रत्येक निजी विद्यालयहरुले राखिदिन मैले आग्रह गर्न चाहेँ । किनभने त्यसले विद्यार्थीलाई अनुशासित मात्रै बनाउँदैन ।

हरेक क्षेत्रमा अघि बढाउन मद्दत गर्दछ । हाम्रो मन्त्रालयको तर्फबाट, नेपाल स्काउटको तर्फबाट हामी परिषद् पठाइदिएर सहयोग गरिदिन आग्रह गर्दछु । प्रशिक्षक पठाउँछौँ । सात दिनको तालिम हो । धेरै दिनको छैन । विद्यालय भनेको खेलकुद नै हो । जुन विद्यालयमा खेलकुद छैन त्यस विद्यालयमा विद्यार्थी घटिरहेका छन् । विद्यालयमा खेलकुद आयोजना गराउनुस् ।’

मन्त्री चौधरीले प्याब्सनलाई जिल्ला, आफ्नो क्षेत्रभित्र कुनैपनि खेलहरु गराउन आग्रह गर्नुभयो ।