११ आश्विन २०८१, शुक्रबार
,
Latest
पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज र नित्यानन्द सिफारिस भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो यस्तो छ प्रहरीको चाडबाड सुरक्षा योजना अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ: परराष्ट्रमन्त्री भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो…
तपाईं के खोज्दै हुनुहुन्छ ?

निषेधाज्ञा उलङ्घन गर्ने ५९४ मोटरसाईकल र गाडी होल्ड, साँझ मात्रै फिर्ता गरिने



अ+ अ-

काठमाडौं । काठमाडौंमा लागु भएको निषेधाज्ञाको उलङ्घन गर्ने गाडी र मोटरसाईकल समेत गरी ५ सय ९४ सवारी साधानलाई बिहिबार बिहान 'होल्ड' गरिएको छ । निषेधाज्ञाको समयमा स्थानिय प्रशासनले तोकेको मापदण्डमा परेका बाहेक अन्य सवारी साधानलाई ट्राफिक प्रहरीले भेटेकै ठाउँमा ‘होल्ड’ गर्न थालेको छ ।

बिहिबार बिहान गाडी र मोटरसाईकल समेत  ५ सय ९४ सवारी साधान होल्ड गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) भिम प्रसाद ढकालले जानकारी दिए । उनले भने–‘स्थानीय प्रशासनले तोकेको र इमर्जेन्सी काम बाहेक निस्किएका गाडी र मोटरसाईकललाई होल्ड गरेका छौं ।’

ट्राफिक प्रहरीले होल्ड गरेको सवारी साधान साँझ ८ बजेपछि मात्र सवारी धनिले फिर्ता पाउँछन् । होल्ड गरिएकामा चारपांग्रे सवारी भन्दा दुईपांग्रे सवारी धेरै छन् । करिब ४ सय १० वटा मोटरसाईकल र स्कुटर होल्ड गरिएको छ ।