६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेशसम्बन्धी प्रतिष्थापन विधेयक बुधबारको संसद्को कार्यसूचिमा राखेर प्रक्रिया अघि बढाइने



अ+ अ-

काठमाडौँ । संसदबाट स्वीकृत भएका पाँच वटा अध्यादेशसम्बन्धी प्रतिष्थापन विधेयक २८ गते बस्ने प्रतिनिधि सभाको कार्यसूचिमा राखेर प्रक्रिया अघि बढाइने भएको छ ।

सोमवार सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरुको बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा स्वीकृत अध्यादेश बमोजिमका प्रतिष्थापन विधेयकहरुको प्रक्रिया अघि बढाइने बताउनु भयो । उहाँले २७ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बैठक विशेष गरी भोलि २७ गते र २८ गते प्रतिनिधि सभाको बैठक बस्छ । सरकारले अहिले अध्यादेश स्वीकृत भएपछि स्वीकृत अध्यादेश बमोजिम प्रतिष्थापन विधेयक पनि संसदमा दर्ता गरिसकेको छ । त्यसलाई कार्यसूचिमा समावेश गर्ने विषयमा आज छलफल भएको हो । त्यसलाई २८ गतेको बैठकमा प्रतिष्थापन विधेयकलाई कार्यसूचिमा समावेश गरेर जाने भन्नेगरीको छलफल भयो ।

संसदमा सरकारले दर्ता गरेको ५ वटै प्रतिष्थापन विधेयकलाई २८ गते नै पेश गरे प्रक्रिया आरम्भ गर्छौं । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेताले भोलि समय माग्नुभएको छ । भोलिको संसदमा बोल्नका लागि संसदसँग समय माग्नुभएको छ ।

उहाँले बोल्ने गरी समय निर्धारण भएको छ । लोकतन्त्र र गणतन्त्रका बिरुद्धमा केही अराजकतावादी शक्तिहरुले जुन ढंगले गलत तरिकाले संविधानलाई अवमूल्यन गर्नेगरी जे गतिविधि भएका छन् ति गलत हुन्, त्यसलाई कुनैपनि हिसावले स्वीकार गर्न सकिँदैन । संसदले पनि ख्याल पु¥याउनुपर्छ भन्ने छलफल भएको छ ।’

छलफलमा लोकतन्त्र र गणतन्त्रका बिरुद्धमा केही अराजकतावादी शक्तिहरुले संविधानको अवमूल्यन गरेर गतिविधि सञ्चालन गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने र संसदबाट पनि त्यस किसिमका गतिविधिमा विशेष ध्यान दिने निर्णय भएको छ ।