११ श्रावण २०८३, सोमबार
,
Latest
वचत फिर्ता माग गर्दै सहकारी पीडितको माईतीघरमा प्रदर्शन सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु दीपक भट्टलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चद्वारा विशेष अदालतसँग कैफियत माग भक्तजनका लागि पशुपतिनाथमा दर्शन र पूजाआजा व्यवस्थित ग्यास जगेडा नराख्न उपभोक्तालाई एलपी ग्यास उद्योग सङ्घको आग्रह नुवाकोटको तादी गाउँपालिकाको विकास र सेवा विस्तारबारे सञ्चारमन्त्री तिमिल्सिनासँग छलफल झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र पशुपालक किसानलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग र ‘एक स्वास्थ्य’ अवधारणाबारे तालिम दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस्ः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयललाई आग्रह गर्नुभएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १६औँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो भनेर आफू छक्क परेको बताउनुभयो ।

सरकारले शुल्क तिर्न नसक्ने बालबालिकालाई निःशुल्क शिक्षा दिने र यसमा निजी क्षेत्रको पनि साथ लिने उहाँले स्पष्ट गर्नुभयो । “शिक्षा क्षेत्रमा तपाईंहरु लगानी गर्नुस् । नियम, कानुनबमोजिम सम्पत्तिको हकको प्रयोग गर्नुस् । यो उद्योग होइन । अत्यधिक मुनाफा ननिकाल्नुस्,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “लगानी गरेर स्वदेशमै गुणस्तरीय शिक्षा दिनुस् । दक्ष र कुशल नागरिक उत्पादन गर्नुस् । लगानी गरेपछि कानुनले नाफा लिन पाइन्न भन्दैन । सेवा दिनुस् तर तपाईंहरु जोगी पनि नहुनुस् ।”

प्रधानमन्त्री ओलीले देशभक्ति, स्वाधीनता, वीरताको इतिहास सिकाउन र अरूको दान दक्षिणामा भर नपरी आफ्नै पाखुरामा विश्वास गर्न अभिप्रेरित गर्नेगरी अध्ययन अध्यापन केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले प्याब्सन गौरव, प्याब्सन रत्न आदि सम्मानबाट पूर्वअध्यक्ष भोजबहादुर शाह, लक्ष्यबहादुर केसी, डा विजय सम्बाहाम्फेलगायतलाई सम्मान प्रदान गर्नुभयो ।