२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा

यसरी बन्यो ‘अञ्जिला’

यसरी बन्यो ‘अञ्जिला’
अ अ+ अ-

काठमाडौँ । महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बा खेल प्रेमिका लागि परिचित नाम बनिसक्नु भएको छ । युरोपको एउटा व्यावसायिक क्लबबाट समेत खेल खेलिरहनुभएकी कप्तान सुब्बाले चलचित्र ‘अञ्जिला’ मा अभिनय समेत गर्नुभएको छ ।

फुटबलप्रतिको मोह, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दासम्मको कथा रहेको चलचित्रमा उहाँ आफैँले अभिनय गर्नु दुर्लभ संयोग हो । नेपालमा खेलकुदसँग जोडिएको वा खेलाडीको विषयमा कमै चलचित्र निर्माण भए पनि विश्वमा धेरै चलचित्र बनेका छन् । यद्यपि आफ्नो भूमिकालाई आफैँ निर्वाह गर्नु दुर्लभ मानिन्छ ।

यसका लागि कप्तान सुब्बा पनि तयार हुनुभएको थिएन किनकी खेल तालिकाबाट समय मिलाउनुपर्ने र अभिनय गर्नुपर्ने थियो । सानैदेखि फुटबल मात्र बुझ्नुभएकी कप्तान सुब्बालाई आफ्नो कथाले अरूलाई प्रेरणा दिन सन्छ र आफू बाहेक अन्यले भूमिका निर्वाह गर्दा खेलाडी झैँ देखिन कठिन हुन्छ भन्ने लागेपछि चलचित्रमा अभिनय गर्न उहाँ तयार हुनुभयो ।

“मैले झन्डै डेढ वर्ष कुराएर खालिरहेको एक महिना समय दिएकी थिएँ । मेरो लागि अभिनय नयाँ थियो, तर मेरै कथा भएकाले यसमा अभिनय मात्र निकै कम गर्न पथ्र्यो । सोही कारण मैले चलचित्र गर्ने निर्णय लिएकी थिएँ, यसका लागि मलाई सबैले सहयोग गर्नुभयो”, कप्तान सुब्बाले भन्नुभयो ।

चलचित्रमा उहाँको बाल्यकाल, तेह्र वर्षसम्मको भूमिका अन्य कलाकारले निर्वाह गर्नुभयो । त्यसपछि देखाइएका अधिकांश दृश्यमा उहाँले फुटबल खेल्नुभएको छ ।

लगभग उहाँ पर्दामा देखिने समयको पच्चीस प्रतिशत मात्र छ । त्यस अगाडि नै उहाँको धर्मपिता तथा चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ र निर्देशक मिलन चाम्सले नाटकघरमा लगेर नाटक देखाउने, अभिनेता दयाहाङ राईसहितका कलाकारसँग घुलमिल गराउन थाल्नुभएपछि कप्तान सुब्बाले सहजता महसुस गर्नुभएको थियो ।

फुटबल खेलाडी र त्यसमा पनि गोलरक्षक बन्नुसँगै अभिनय पनि उहाँको लागि संयोग भयो । चलचित्रको कथा तयार गर्ने क्रममा कप्तान सुब्बाले अभिनयमा त्यति धेरै चासो नदिएको निर्माता श्रेष्ठले बताउनुभयो ।

“उहाँको स्वभावले नै होला, अभिनयमा मन गर्नुभएको थिएन । तर, हामीले उहाँसँग चलचित्रमा देखिने कलाकारसँग सामिप्यता बढाउनुका साथै चलचित्रको छायाङ्कन पनि देखायौंँ । दृश्य पूरा गर्न गरिने ‘रिटेक’ देखाएपछि, दिग्गज कलाकारले काम गर्ने शैलीसँग अवगत गराएपछि कप्तान सुब्बाले आफ्नो भूमिका आफैँ निर्वाह गर्न तयार हुनुभयो”, निर्माता श्रेष्ठले भन्नुभयो ।

उहाँले खेलाडी सुब्बालाई तेह्र वर्षकै उमेरमा पूर्वाञ्चलको टोलीबाट राष्ट्रिय प्रतियोगिता खेल्न धनगढी पुग्दा भेट्नु भएको रहेछ । त्यहाँ नियमित गोलरक्षक अनुपस्थित भएपछि खेलाडी सुब्बाले अवसर पाउनुभएको थियो । तेह्र वर्षमै उहाँमा देखिएको कौशलताले उपस्थित सबैको मन जित्यो । तात्कालीन समयमा विभागीय टोली सशस्त्र प्रहरी बलका व्यवस्थापक रहनुभएका निर्माता श्रेष्ठले खेलाडी सुब्बाको बारेमा बुझ्न तात्कालीन कोच नरबहादुर राईलाई जिम्मा दिनुभयो ।

कोच राई विविध कारणले जागिर छोडेर विदेशिनु भएपछि खेलाडी सुब्बासम्म पुग्ने बाटो नै रोकियो । यद्यपि त्यसको केही समयपछि विभागीय टोलीमा गोलरक्षक चाहिएपछि व्यवस्थापक श्रेष्ठले खोजी पुनः सुरू गर्नुभयो ।

मोरङ फुटबल सङ्घका तात्कालिक अध्यक्ष दीपेन्द्र धिमालमार्फत सम्पर्क भएपछि उहाँले खेलाडी सुब्बालाई काठमाडौँ ल्याउनुभएको थियो । “मलाई धिमालजीले खेलाडी सुब्बाको खेलकुदप्रतिको रूचि, शिक्षाको अवस्था र परिवारको आर्थिक अवस्थाबारे जानकारी गाएपछि पढाउने, खेलाउनु र निरीक्षण गर्ने जिम्मा लिएर काठमाडौँ ल्याए । त्यसपछि उहाँ आफ्नै क्षमताले अहिलेसम्मको यात्रा तय गर्नुभयो । उहाँलाई तेह्रवर्षदेखि नै देखेकाले सङ्घर्ष र सफलतालाई जोडेर चलचित्र बन्नुपर्छ भन्ने लागेर अञ्जिला बनाएका हौँ”, निर्माता श्रेष्ठले भन्नुभयो ।

विभागीय टोली सशस्त्र प्रहरी बलमार्फत खेल्न सुरू गर्नुभएकी खेलाडी सुब्बाले सन् २०१४ मा श्रीलङ्कामा आयोजना भएको ‘एएफसी यू–१४’ क्षेत्रीय प्रतियोगिताका लागि छनोट हुनुका साथै कप्तानी गरेर नेपालमा महिला फुटबलमा पहिलो आधिकारिक उपाधि जिताउन सफल हुनुभयो । कुनै गोल नखाई पाएको उपलब्धिका कारण खेलाडी सुब्बाले सन् २०१६ को पाकिस्तानमा भएको १२ औँ सागमा श्रीलङ्काविरूद्धको खेलबाट राष्ट्रिय टोलीमा गोलरक्षकको रूपमा खेल्दै आइरहनुभएको छ ।

दुई वर्षदेखि राष्ट्रिय टोलीको नेतृत्व गर्न थाल्नुभएकी कप्तान सुब्बाले चलचित्रले आफ्नो बारेमा बुझ्न मद्दत गर्ने बताउनुभयो । “मेरो सफलता पछाडि सङ्घर्षलाई चलचित्रले चित्रण गरेको छ । हामी जे जस्तो भए पनि दृढ सङ्कल्पका साथ इमान्दार भएर मेहनत गर्ने हो भने लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने प्रेरणा चलचित्रले दिन्छ जस्तो लाग्छ । साथै नेपाली खेल र खेलाडीको विषयमा चलचित्र बन्न सुरू हुने मेरा लागि सुखद खबर हो, आगामी दिनमा अन्य खेलाडीको कथा चलचित्रमा हेर्न पाइनेमा विश्वत छु”, कप्तान सुब्बाले भन्नुभयो ।

निर्माता श्रेष्ठले यही समय उपयुक्त लागेर चलचित्र निर्माण गरेको बताउनुभयो । उहाँका अनुसार केही समय पर्खिंदा कप्तान सुब्बालाई अभिनय गराउन असहज हुन्थ्यो । सशस्त्र प्रहरी बलमा सत्ताइस वर्ष सात महिना सेवा गर्दा डिएसपीसम्म हुनुभएका श्रेष्ठले विभागीय टोलीमा बीस वर्ष काम गर्नुभयो । खेलकुदसँग जोडिएको चलचित्र हेर्न रूचाउने श्रेष्ठले अन्ततः चलचित्र निर्माण गर्नुभयो ।

“खेलाडीको विषय चलचित्रमा आए धेरै दर्शकसम्म पुग्छ । यसले खेलप्रति दर्शको आकर्षण पनि बढ्छ भन्ने लागेको छ । साथै, हामीले एञ्जिलाको आफ्नै घर भन्ने अभियान पनि सुरू गरेका छौँ । यस चलचित्रमार्फत आएको सम्पूर्ण मुनाफा उहाँको घर निर्माणमा प्रयोग गरिनेछ । हामीले नेपालमा सार्वजनिक प्रदर्शन अगाडि हङकङ र बेलायतमा गरेको विदेश प्रदर्शनीबाट कप्तान सुब्बाले सहयोग प्राप्त गरिसक्नुभएको छ”, निर्माता श्रेष्ठले भन्नुभयो ।

‘अञ्जिला’ अगाडि आँखाको ज्योति गुमाउनु भएकी सृष्टी केसीको जीवनी आधारित ‘ब्लाइन्ड रक्स’ र उमेश थापा र कविता गुरूङको जीवनीमा आधारित ‘बबी’ निर्देशन गरिसक्नुभएका निर्देशक मिलन चाम्सले तेस्रो पटक ‘वायोपिक’ चलचित्र तयार गर्नुभएको हो । उहाँले चलचित्र ९० प्रतिशत कप्तान सुब्बाको जीवनी देखाइएको बताउनुभयो ।

“चलचित्र भएकाले हामीले त्यही शैलीमा निर्माण गर्न केही दृश्यलाई फरक तरिकाले छायाङ्कन गरेका छौँ, तर त्यसले मूल कथालाई प्रभाव पारेको छैन । यसमा खेल मात्र नभइ कप्तान सुब्बाको जीवनी देखाएइको छ । उहाँको बाल्यकालदेखि कप्तान बन्दासम्मको यात्रा चलचित्रमा छ”, निर्देशक चाम्सले भन्नुभयो । चलचित्रमा कप्तान सुब्बासँगै अभिनेता दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरूङ, वुद्धि तामाङ लगायतको अभिनय गर्नुभएको छ ।

महिला खेलाडीको विषयमा चलचित्र बन्नु र त्यसमा आफू अभिनेताको रूपमा जोडिन पाउनु आफ्ना लागि अवसर रहेको अभिनेता राईले बताउनुभयो । “म हरेक खेलकुद हेर्छु, आफूले सक्दो प्रवर्द्धन पनि गरिरहेको हुन्छु । महिला फुटबलले पाइरहेको सफलता र भविष्य निकै राम्रो छ । यस्तै बेलामा कप्तानको जीवनीमा चलचित्र बन्नु खेल प्रेमिका हिसाबले खुसीको खबर थियो । त्योसँगै अभिनय नै गर्न प्रस्ताव आएपछि पटकथा नसुन्दै अभिनय गर्ने सहमति दिएको थिएँ । किनकि यो अवसर एउटा अभिनेता र खेल प्रेमिका हिसाबले गुमाउनु हुन्थेन्”, अभिनेता राईले भन्नुभयो । कप्तान सुब्बाको आउँदो समयमा खेलाडीको विषयमा चलचित्र बन्नका लागि ‘एञ्जिला’ को सफलताले ठूलो प्रभाव पार्ने बुझाइ छ । उहाँले अन्य निर्माता, निर्देशकलाई खेलको विषयमा आकर्षित गर्न पनि व्यावसायिक रूपमा चलचित्रको सफलता अनिवार्य रहेको बताउनुभयो ।

“खेलकुदको विषयमा चलचित्र बन्नु आफैँमा नयाँ कार्य हो । अहिले खेलले पाइरहेको माया देख्दा आगामी दिनमा अन्य खेलाडी वा खेलकुदको विषयमा चलचित्र बन्छ जस्तो लागेको छ । तर, धेरैले व्यावसायिक नतिजा कसको आउला भनेर कुर्नुभएको छ, म पनि त्यसकै पर्खाइमा छु”, कप्तान सुब्बाले भन्नुभयो । चलचित्र होलीको अवसर पारेर आउँदो फागुन २९ देखि नेपालसहित विदेशका केही स्थानमा प्रदर्शन हुने निर्माण पक्षले जनाएका छन् ।