६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

हनुमन्ते खोलामा फेला परेको शवको पहिचान खुल्यो



सांकेतिक तस्बिर ।
अ+ अ-

भादगाउँ । भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित हनुमन्ते खोलामा शनिबार फेला परेको शवको पहिचान खुलेको छ । शनिबार अपराह्न ३ः४५ बजे हनुमन्ते खोलामा एक युवकको शव फेला परेको थियो ।

उक्त शव रामेछापको गोकुलगङ्गा गाउँपालिका–५ कानीटार घर भई हाल भक्तपुरको जगाती बस्ने २१ वर्षीय रञ्जित विकको भएको खुल्न आएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले बताउनुभयो ।

मृतककी दिदी पूजा प्रहरी सम्पर्कमा आई शवको पहिचान गरेको उहाँले जानकारी दिनुभयो । शवपरिक्षणपश्चात् पूजाकी भाउजू शर्मिला गजमेरले आज दिउँसो बुझिलगेको प्रहरी नायब उपरीक्षक नेउपानेले बताउनुभयो ।

शव नग्न अवस्थामा फेला परेको थियो । स्थानीयले प्रहरीलाई खबर गरेपछि तत्काल घटनास्थल पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो । मृत्युका कारण खुल्न नसकेको र घटनाको अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक नेउपानेले बताउनुभयो ।