१८ भाद्र २०८३, बिहीबार
,
Latest
हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई पुर्न भनेर खनेको ठूलो खाल्डोमा सबै जाकिनेछन्ः रवि लामिछाने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि छलकपट गरेर सिध्याउन खोजेको आरोप लगाएका छन् । आफूमाथि गरिएको षड्यन्त्रमा सबै पर्ने चेतावनी समेत लामिछानेले दिएका छन् ।

आज आफ्नो मुद्दाको सुनवाइका लागि जिल्ला अदालत रुपन्देही पुगेका रविले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानीमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘हामी निरन्तर बोलिरहेका छौं । म संसदमा छैन । छलकपट गरेर मलाई रोकेका छन् । एउटा कुरा चाहीँ भन्छु । मलाई पुर्न भनेर जुन खाल्डो खनेका छन्, यदि सानो खाल्डो त भए ममात्रै पुरिन्थेँ । तर, यति ठूलो खाल्डो खनियो कि यी सबै त्यसमा जाकिन्छन्,’ लामिछानेले भने ।

यस्तै, राजा फर्काउन सुरु भएको आन्दोलनका विषयमा सरकारले जवाफ दिनुपर्ने पनि उनको भनाई छ ।

आन्दोलनमा उत्रिएको समूह पनि जनता नै भएको भन्दै उनले भने, ‘यो दुई तिहाइको सरकार भन्या होइन र ? हामीले त भ्रष्टाचारविरुद्ध ठुलै अभियान सुरु गरेका थियौं । धेरै फाइल ओपन गरेका थियौं । ती सबै बन्द भए भन्ने सुनेको छु । सात महिनाअघि हामीले सरकार बुझाउँदा विभिन्न मानिसको गिरफ्तारी भएको थियो । माइतीघर मण्डला बन्द रहेकोमा हामीले खुला गरेका थियौँ । अहिले जे भइरहेको छ, त्यसको जिम्मेवारी त दुई तिहाइको सरकारले नै लिनुपर्छ । सरकारलाई सबै थाहा हुनुपर्ने हो । त्यो हजारौंको हुल जनताकै हो नि ।’

यस्तै, लामिछानेले आफू तयारीमा लागेको प्रस्ट पार्दै आफूले भन्ने कुराहरु बाँकी रहेको र जनताले हेरिरहेको बताए ।
आफू नबोले पनि पार्टीले निरन्तर बोलिरहेको उनको भनाई छ ।