६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई पुर्न भनेर खनेको ठूलो खाल्डोमा सबै जाकिनेछन्ः रवि लामिछाने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि छलकपट गरेर सिध्याउन खोजेको आरोप लगाएका छन् । आफूमाथि गरिएको षड्यन्त्रमा सबै पर्ने चेतावनी समेत लामिछानेले दिएका छन् ।

आज आफ्नो मुद्दाको सुनवाइका लागि जिल्ला अदालत रुपन्देही पुगेका रविले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानीमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘हामी निरन्तर बोलिरहेका छौं । म संसदमा छैन । छलकपट गरेर मलाई रोकेका छन् । एउटा कुरा चाहीँ भन्छु । मलाई पुर्न भनेर जुन खाल्डो खनेका छन्, यदि सानो खाल्डो त भए ममात्रै पुरिन्थेँ । तर, यति ठूलो खाल्डो खनियो कि यी सबै त्यसमा जाकिन्छन्,’ लामिछानेले भने ।

यस्तै, राजा फर्काउन सुरु भएको आन्दोलनका विषयमा सरकारले जवाफ दिनुपर्ने पनि उनको भनाई छ ।

आन्दोलनमा उत्रिएको समूह पनि जनता नै भएको भन्दै उनले भने, ‘यो दुई तिहाइको सरकार भन्या होइन र ? हामीले त भ्रष्टाचारविरुद्ध ठुलै अभियान सुरु गरेका थियौं । धेरै फाइल ओपन गरेका थियौं । ती सबै बन्द भए भन्ने सुनेको छु । सात महिनाअघि हामीले सरकार बुझाउँदा विभिन्न मानिसको गिरफ्तारी भएको थियो । माइतीघर मण्डला बन्द रहेकोमा हामीले खुला गरेका थियौँ । अहिले जे भइरहेको छ, त्यसको जिम्मेवारी त दुई तिहाइको सरकारले नै लिनुपर्छ । सरकारलाई सबै थाहा हुनुपर्ने हो । त्यो हजारौंको हुल जनताकै हो नि ।’

यस्तै, लामिछानेले आफू तयारीमा लागेको प्रस्ट पार्दै आफूले भन्ने कुराहरु बाँकी रहेको र जनताले हेरिरहेको बताए ।
आफू नबोले पनि पार्टीले निरन्तर बोलिरहेको उनको भनाई छ ।