६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले काठमाडौँ महानगरलाई बुझायो १ लाख जरिवाना



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ महानगरपालिकाले तिराएको जरिवाना भरपाई गरेको छ ।

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्‍याली गर्ने क्रममा राप्रपाले फोहोर भएको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो ।

आज राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगरका वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेसमक्ष रु १ लाख रुपैयाँ काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका हुन् ।

यसबारे फेसबुकमा जानकारी गराउँदै प्रमुख सचेतक शाहीले लेखेका छन्– हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौ राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाई बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौ  रु १ लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौ।