१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

बटुवालाई प्यास मेटाउन मुस्किल, हराए सार्वजनिक धारा

बटुवालाई प्यास मेटाउन मुस्किल, हराए सार्वजनिक धारा
file
अ अ+ अ-

इटहरी । विगत वर्ष जस्तै यस वर्षमा पनि यो समय तराईमा गर्मी निकै बढेको छ । गर्मीसँगै यस तराईका जिल्लामा काम गर्दै आएका सडक मजदुर, पैदलयात्रु एवं बटुवाहरूलाई प्यास मेटाउन मुस्किल हुने गरेको छ । यस क्षेत्रमा सार्वजनिक धारा एवं कुवा पाउनै मुस्किल छ ।

पछिल्लो समय सहरमा सार्वजनिक धाराको संस्कृति हराउँदै गएको छ । व्यापारिक सहरको छवि बनाएको इटहरीमा प्यास लाग्दा पानी पाउन कठिन छ । दैनिक सयौँ यात्रु यही बाटो हुँदै यात्रा गर्छन् । व्यापारिक ‘ट्रन्जिट प्वाइन्ट’ इटहरीमा रोकिएका यात्रुलाई प्यास लागे सार्वजनिक धारा भेटिँदैन । प्यास मेटाउन होटलभित्र छिर्नुपर्छ कि त पसलबाट न्यूनतम रू २० खर्च गर्नुपर्छ । क्याफेमा २५ देखि ५० सम्म तिर्नुपर्छ । इटहरीको मुख्य बजार क्षेत्रमा भेटिएका वडा नं १० का स्थानीय बासिन्दा प्रमोद चौधरी सार्वजनिक धारा नहुँदा पानी किनेर प्यास मेटाउनुपर्ने बाध्यता भएको बताउनुहुन्छ ।

चौधरीले भन्नुभयो, “प्यास लागे अर्काको घर छिर्नु भएन, पालिकाले कतै सार्वजनिक धारा राखिदिएको छैन, पानी किनेर खानुको विकल्प छैन ।” वडा नं ३ बाट घर बाटोको सिफारिस लिन उपमहानगरपालिकाको कार्यालय, आउनु भएकी कमलादेवी तामाङले पनि प्यास लागे पानी किनेर नै खाएको बताउनुभयो ।

दिनानु दिनगर्मी बढ्दै छ । सहरमा सार्वजनिक स्थानमा पिउने पानीको व्यवस्था नगरिँदा रिक्सा चालक, सफारी चालक, यात्रागर्ने बटुवा वा अन्य सर्वसाधरणलाई पानी खान समस्या हुने गरेको छ । विसं २०६६ अघि भने इटहरीका विभिन्न सार्वजनिक स्थानमा ८४ वटा सार्वजनिक धारा थिए । खाने पानीबाट जोडिएका यी सार्वजनिक धाराबाट सिधैँ पानी पिउन सकिन्थ्यो । यसले गर्दा बटुवा वा यात्रीलाई सहज थियो । तर इटहरी खाने पानी उपभोक्ता संस्थाले सार्वजनिक धारा हटाउने नीति लियो ।

धारा धेरै बिग्रेको र खर्च धेरै आएका कारण सबै धारा कटौती गरिएको इटहरी खाने पानी उपभोक्ता संस्थाका व्यवस्थापक हरिबहादु कटुवालले बताउनुभयो । “संस्थाले सार्वजनिक स्थानमा धारा नराख्ने नीति नै लिएको छ”, उहाँले भन्नुभयो, “सार्वजनिक स्थानमा धारा हुँदा चरम दुरूपयोग भएका कारण कार्यालयले नराख्ने निर्णय गरेको हो ।” इटहरी खाने पानी उपभोक्ता संस्थाअन्तर्गत हाल तीन वटा पानीका ट्याङकी रहेका छन् । दैनिक दुई करोड १६ लाख पानी प्रशोधन गर्ने क्षमता रहेको यस कार्यालयले इटहरी उपमहानगरका–२० वडामध्ये १२ वटा वडा लाई मात्र पानीको आपूर्ति गर्दै आएको छ ।

इटहरी उपमहानगरपालिकाले पनि सार्वजनिक स्थानमा पानी पिउने व्यवस्था गरेको छैन । दैनिक हजारौँ व्यक्ति यात्राका दौरान, आर्थिक तथा व्यवसायी कारोबार वा अन्य कामका लागि इटहरी आउँछन् । यस्तो व्यस्त सहरमा सर्वसाधारणलाई पानी पिउन भने समस्या भोग्दै आउनुपरेको छ । रासस