२६ भाद्र २०८३, शुक्रबार
,
Latest
बन्द तथा समस्याग्रस्त उद्योगको आर्थिक दायित्वको व्यवस्थापन गर्दैछौँ, सञ्चालनको जिम्मेवारी नीजि क्षेत्रलाई नै दिन्छौँः अर्थमन्त्री… प्रधानमन्त्री शाहलाई निजी क्षेत्र हेर्नै मन पर्दैनः सभापति थापा कांग्रेस महाधिवेशनमा कसैलाई पनि सहभागी हुनबाट वञ्चित गरिएको छैन : सभापति थापा+ पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह बाढीपछिको खोज तथा उद्धारमा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा न्यूजिल्यान्डलाई धन्यवाद चिलिमे जलविद्युत् गृहमा फसेका कर्मचारीको उद्धारमा थप आशा, करिब १०० मिटर सुरुङ बाँकी सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण पाठ्यभार घटाउँदै एआईसम्म, राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव बाबुराम भट्टराईको आह्वान : ‘किनेर खाँदा स्वदेशी स्याउ मात्रै किनौँ’ गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्यासको मूडमा छैनन् रोहित शर्मा



अ+ अ-

एजेन्सी । भारतीय टिमका कप्तान रोहित शर्माले एकदिवसीय क्रिकेटबाट तत्काल सन्यास नलिने भएका छन् ।

आइतबार च्याम्पियन्स ट्रफीको उपाधि जितेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आगामी दिनमा पनि खेल्ने बताए ।

फाइनलमा भारतले न्यूजिल्याण्डलाई ४ विकेटले पराजित गर्दै तेस्रो उपाधि जित्न सफल भयो । रोहितको कप्तानीमा भारतले गत वर्ष टी–२० विश्वकप–२०२४ को उपाधि जितेको थियो ।

यसपछि रोहितको कप्तानीमा च्याम्पियन्स ट्रफी–२०२५ को उपाधि जितेको हो । योसँगै रोहितले महेन्द्र सिंह धोनीको कीर्तिमान बराबरी गरेका छन् । उनी धोनीपछि एकभन्दा बढी आईसीसी ट्रफी जित्ने भारतका दोस्रो कप्तान बनेका छन् ।

यस खेलमा रोहितले ७६ रनको इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिए ।




भर्खरै