२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday
Latest
सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति सीको भियतनाम भ्रमणले अमेरिकालाई ‘बिगार्ने’ लक्ष्य राखेको छः ट्रम्प विमानस्थलबाट गाँजासहित एक जना पक्राउ विदेशी बैंकमा सरकारको शेयर लगानी ११ अर्ब ५२ करोड दुई ‘रियालिटी शो’का लागि ६० देशबाट प्रतिभा छनोट नवलपुरबाट पुनः सुरु भयो माओवादी केन्द्रको जागरण अभियान, पूर्वउपराष्ट्रपति पुन पनि सहभागि पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश ‘सानातिना कुरा र वैयक्तिक स्वार्थजस्ता कुराहरुमा नअलमलिई देश र जनताको आवश्यकतामा ध्यान दिनुपर्छ’ सलमान खानलाई ‘घरमै घुसेर मार्छु’ भनी धम्की दिने व्यक्ति पक्राउ पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि तयार: ट्रम्पका दूत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदाधिकारी र कार्यकारिणी सदस्य थप्दै जसपा नेपाल



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ ।

पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको विधान २०८० को ‘धारा १३९ बाधा अड्काउ फुकाउ’ प्रयोग गरी पदाधिकारी र कार्यकारिणी सदस्य थप गर्न विधानको धारा २९ को उपधारा ३ संशोधन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार जातीय, सामुदायिक तथा लैङ्गिक समावेशीतालाई आधार मानी पदाधिकारी तथा कार्यकारिणी सदस्य थप गर्न लागिएको र संशोधित विधानअनुसार जसपा नेपालले थप दुई जना उपाध्यक्ष र एक महासचिव तथा ११ जना केन्द्रीय कार्यकारिणी सदस्य थप गर्नेछ ।

संशोधित धारा २९ को उपधारा ३ अनुसार सङ्घीय परिषद् अध्यक्ष, केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय समितिबाट निर्वाचित २१ जना सदस्य रहनेगरी केन्द्रीय कार्यकारिणी समिति गठन हुने भएको बस्नेतले बताउनुभयो ।