२ श्रावण २०८३, शनिबार
,
Latest
शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार चीनको चोङकिङमा भीषण पहिरोः घरहरू पुरिए, सयौँ नागरिक फसेको आशङ्का अमेरिकाद्वारा इरान लक्षित पछिल्लो चरणको हवाई आक्रमण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला न्यायाधीशहरु न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्छः प्रधानन्यायाधीश राउत



अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महिला न्यायाधीशहरु नेपालको न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्ने बताउनुभएको छ ।

सोमवार लतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफ्नो तर्फबाट महिलाहरुलाई न्यायालय र न्यायप्रणालीको गौरव बनाउने कुरामा सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले गौरव सहजै प्राप्त नहुने भन्दै न्याय सम्पादनको कुरामा अविचलित अडान राख्दा, निष्पक्षता कायम गर्दा, विवेकपूर्ण निर्णय गर्दा, स्वच्छता कायम गर्दा मात्रै गौरव प्राप्त हुने जिकिर गर्नुभयो ।

महिला न्यायाधीशहरुले न्यायपालिकाको गरिमा र मर्यादा अभिवृद्धि गर्नसक्ने पनि बताउनु भयो ।

प्रधानन्यायाधीश राउतले भन्नुभयो, ‘महिला न्यायाधीशहरु नेपालको न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्दछ । यसमा म तपाईंहरुलाई मेरातर्फबाट मैले जुन भुमिका निर्वाह गर्नुपर्दछ, म शुभकामना, बधाई दिन चाहन्छु ।

म तपाईंको लागि कुनै सहयोग गर्नपरे कुनै कसर बाँकी राख्नेछैन । यो महिला न्यायाधीशहरुको गौरवको कुरा गर्दा त्यो गौरव त्यसै आउँदैन । न्याय सम्पादनको कुरामा अविचलित अडान राख्दा, निष्पक्षता कायम गर्दा, विवेकपूर्ण निर्णय गर्दा, स्वच्छता कायम गर्दा मात्रै त्यो गौरव प्राप्त हुन्छ । न्यायपालिकाको गरिमा र मर्यादा अभिवृद्धि हुनसक्छ ।’

प्रधानन्यायाधीश राउतले अहिलेको न्यायालयको नेतृत्वले न्यायिक सुधारलाई प्राथमिकता दिएर अघि बढिरहेको बताउनु भयो । उहाँले न्याय सम्पादनको कार्य जटिल रहेको बताउनु भयो ।