३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायालयमा महिलाको उपस्थिति बढेको छ तर पर्याप्त छैनः न्यायाधीश मल्ल



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले न्यायालयमा महिलाको उपस्थिति केही बढेको भएपनि पर्याप्त नरहेको बताउनुभएको छ ।

सोमवार लतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले निर्णायक तहमा महिलाको उपस्थिति अझै कमजोर रहेको बताउनु भयो । उहाँले उपस्थितिलाई कसरी बाक्लो बनाउने, कसरी प्रभावकारी बनाउने भन्नेकुरा आजको बहसको विषय भएको बताउनु भयो । उहाँले पुरुषको क्षमताको प्रश्न नउठ्ने तर महिलाको सक्षमताको बारेमा हरेक क्षण प्रश्न उठ्ने गरेको भन्दै महिलाले आफूलाई स्थापित पनि गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले अहिले न्यायालयमा पनि महिलाको उपस्थिति बाक्लो रहेको बताउनु भयो । उहाँले कर्मचारी, सुरक्षा, वकील लगायत न्याय क्षेत्रको पत्रकारितामा पनि माहिलाहरुकै नेतृत्व रहेको देख्दा खुशी लागेको बताउनु भयो ।

न्यायाधीश मल्लले भन्नुभयो, ‘युएन वुमेनले एक्सेस टु जस्टिसको अध्ययन गर्दा एक पटक सय जना महिलालाई अध्ययन गरेर हेरेको थियो । उनीहरुले ७५ प्रतिशतले हामी अदालत जाँदैनौँ भने ।

किनभने कानून पनि विभेदपूर्ण छ । न्यायपालिकामा जाँदा सबै पुरुष नै पुरुषका बीचमा आफ्ना कुरा भन्नै अफ्ठ्यारो लाग्छ । सहज वातावरण कसरी सिर्जना गर्ने ? आजकाल त गर्व लाग्छ । किनभने महिला अधिकृतहरु बेन्चमा हुनुहुन्छ, बहस गर्ने सरकारी वकील पनि धेरै महिला हुनुहुन्छ, वैतनिक पनि महिला हुनुहुन्छ र निजी क्षेत्रबाट धेरै वकील नै हुनुहुन्छ ।

सुरक्षा दिन पनि महिला नै हुनुहुन्छ । पत्रकारहरुले जुन कभर गर्नुहुन्छ कानूनको त्यहाँ पनि महिलाले नै नेतृत्व गर्नुहुन्छ । त्यो भनेर हामीले पुरुष पनि हाम्रो लागि महत्वपूर्ण हुन्छ । महिलाको उपस्थिति केही हदसम्म देखिएको छ तर पर्याप्त छैन ।

निर्णायक तहमा महिलाको उपस्थिति कम छ । उपस्थितिलाई कसरी बाक्लो बनाउने, कसरी प्रभावकारी बनाउने हो । पुरुषको क्षमताको प्रश्न उठ्दैन तर महिलाको सक्षमताको प्रत्येक दिन, प्रत्येक क्षण प्रश्न उठ्छ । हामीले आफूलाई स्थापित पनि गर्नुपरेको छ ।’

न्यायाधीश मल्लले स्वच्छ र समानतामुलक न्याय आजको आवश्यकता भएको बताउनु भयो ।