२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह

न्यायालयमा महिलाको उपस्थिति बढेको छ तर पर्याप्त छैनः न्यायाधीश मल्ल

न्यायालयमा महिलाको उपस्थिति बढेको छ तर पर्याप्त छैनः न्यायाधीश मल्ल
अ अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले न्यायालयमा महिलाको उपस्थिति केही बढेको भएपनि पर्याप्त नरहेको बताउनुभएको छ ।

सोमवार लतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले निर्णायक तहमा महिलाको उपस्थिति अझै कमजोर रहेको बताउनु भयो । उहाँले उपस्थितिलाई कसरी बाक्लो बनाउने, कसरी प्रभावकारी बनाउने भन्नेकुरा आजको बहसको विषय भएको बताउनु भयो । उहाँले पुरुषको क्षमताको प्रश्न नउठ्ने तर महिलाको सक्षमताको बारेमा हरेक क्षण प्रश्न उठ्ने गरेको भन्दै महिलाले आफूलाई स्थापित पनि गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले अहिले न्यायालयमा पनि महिलाको उपस्थिति बाक्लो रहेको बताउनु भयो । उहाँले कर्मचारी, सुरक्षा, वकील लगायत न्याय क्षेत्रको पत्रकारितामा पनि माहिलाहरुकै नेतृत्व रहेको देख्दा खुशी लागेको बताउनु भयो ।

न्यायाधीश मल्लले भन्नुभयो, ‘युएन वुमेनले एक्सेस टु जस्टिसको अध्ययन गर्दा एक पटक सय जना महिलालाई अध्ययन गरेर हेरेको थियो । उनीहरुले ७५ प्रतिशतले हामी अदालत जाँदैनौँ भने ।

किनभने कानून पनि विभेदपूर्ण छ । न्यायपालिकामा जाँदा सबै पुरुष नै पुरुषका बीचमा आफ्ना कुरा भन्नै अफ्ठ्यारो लाग्छ । सहज वातावरण कसरी सिर्जना गर्ने ? आजकाल त गर्व लाग्छ । किनभने महिला अधिकृतहरु बेन्चमा हुनुहुन्छ, बहस गर्ने सरकारी वकील पनि धेरै महिला हुनुहुन्छ, वैतनिक पनि महिला हुनुहुन्छ र निजी क्षेत्रबाट धेरै वकील नै हुनुहुन्छ ।

सुरक्षा दिन पनि महिला नै हुनुहुन्छ । पत्रकारहरुले जुन कभर गर्नुहुन्छ कानूनको त्यहाँ पनि महिलाले नै नेतृत्व गर्नुहुन्छ । त्यो भनेर हामीले पुरुष पनि हाम्रो लागि महत्वपूर्ण हुन्छ । महिलाको उपस्थिति केही हदसम्म देखिएको छ तर पर्याप्त छैन ।

निर्णायक तहमा महिलाको उपस्थिति कम छ । उपस्थितिलाई कसरी बाक्लो बनाउने, कसरी प्रभावकारी बनाउने हो । पुरुषको क्षमताको प्रश्न उठ्दैन तर महिलाको सक्षमताको प्रत्येक दिन, प्रत्येक क्षण प्रश्न उठ्छ । हामीले आफूलाई स्थापित पनि गर्नुपरेको छ ।’

न्यायाधीश मल्लले स्वच्छ र समानतामुलक न्याय आजको आवश्यकता भएको बताउनु भयो ।