
काठमाडौं। भारतको मुम्बईको नागपाडा क्षेत्रमा आइतबार निसास्सिएर चार मजदुरको मृत्यु भएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार निर्माणाधीन भवनमा पानी ट्याङ्की सफा गर्ने क्रममा कामदारहरूको मृत्यु भएको हो । निसास्सिएर घाइते भएका ५ जनामध्ये ४ जनालाई अस्पतालमा मृत अवस्थामा ल्याइएको थियो भने एक जना मजदुरको उपचार भइरहेको छ ।
मृत्यु हुनेमा १९ वर्षीय हसिपाल शेख, २० वर्षीय राजा शेख, ३६ वर्षीय जियाउल्लाह शेख र ३१ वर्षीय फुरहान शेख रहेका छन् । सो घटनामा घाइते पाँचौँ कामदार ३१ वर्षीय पुरहान शेखलाई अस्पतालमा भर्ना गरिएको छ ।
बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशन (बीएमसी) अधिकारीहरूका अनुसार, घटना मिन्ट रोड नागपाडा मुम्बईको गुड लक मोटर ट्रेनिङ स्कुल नजिकै भएको थियो। यस विषयमा थप विवरणहरू आउन बाँकी छ।