३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्वारा युगाण्डा एक विकेटले पराजित



अ+ अ-

काठमाडौँ। युगाण्डामा जारी चार देशीय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले पहिलो खेल जितेको छ । नेपालले आफ्नो दोस्रो खेलमा युगाण्डालाई एक विकेटले पराजित गरेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो ।

युगाण्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस जितेर नेपालले पहिला फिल्डिङ रोजेको थियो । घरेलु टोली युगाण्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन बनायो । छयहत्तर रनको विजयी लक्ष्य नेपालले १९ दशमलव ५ ओभरमा ९ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि साना प्रवीनले सर्वाधिक १७ रन जोडिन् । उनले ३५ बलमा एक चौका प्रहार गरिन् ।

त्यस्तै पूजा महतोले १६ रन जोड्दा रुबिना क्षेत्रीले १० रन बनाइन् । सम्झना खड्काले ८, कप्तान इन्दु बर्माले ६ तथा ईश्वरी विष्टले अविजित ३ रन जोडिन् । बलिङतर्फ युगाण्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन जोडिन् । उनले  ४० बलमा तीन चौका प्रहार गर्दै २२ रन बनाइन् ।

त्यसैगरी, स्टेफेनिया नाम्पिलिनाले २५ बलमा एक चौकाको सहयोगमा १४ रन जोडिन् भने मलिषा अरिकोटाले २४ बलमा ११ रन जोडिन् । नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् भने कप्तान इन्दु बर्माले २ विकेट लिइन् । जारी सिरिजमा युगाण्डाको यो पहिलो हार हो । युगाण्डाले पहिलो खेलमा हङकङलाई पराजित गरेको थियो ।

जारी सिरिजमा घरेलु टोली युगाण्डासँगै नेपाल, नामिबिया र हङकङको सहभागिता रहेको छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । नेपालले सोमबार हङकङसँग खेल्नेछ । रासस