१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजावादीको प्रदर्शनमा यस्तो पनि देखियो…



अ+ अ-

काठमाडौं । काठमाडौंमा भएको राजावादीको प्रदर्शनमा भारतीय मुख्यमन्त्री योगि आदित्यनाथको पनि तस्बिर देखिएको छ ।

प्रदर्शनका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहसँगै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको पनि तस्बिर देखिएको हो ।

प्रदर्शनस्थलमा एकातिर आदित्यनाथ र अर्कोतिर ज्ञानेन्द्र शाहको तस्बिर राखिएको थियो ।

गत माघ १७ गते पूर्व राजा ज्ञानेन्द्र शाह उत्तर प्रदेशको गोरखपुर पुगेका थिए । त्यहाँ उनले उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटेका थिए ।

नेपाल हिन्दूराष्ट्र हुनुपर्ने माग राख्दै आएका आदित्यनाथसँगको भेटपछि नेपालमा राजावादी सक्रिय हुनुका साथै प्रदर्शनमा आदित्यनाथको तस्बिर नै प्रयोग भएपछि चासोको विषय बनेको छ ।

राजनीतिक दलका नेताहरूले भारतीय उक्साहटमा नै यो प्रदर्शन भएको आरोप लगाइरहेका छन् भने कतिपयले प्रदर्शनका लागि भारतले ठुलो रकम लगानी नै गरेको आरोप समेत लगाएका छन् ।