२४ असार २०८३, बुधबार
,
Latest
अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी करेन्ट लागेर कर्मचारीको मृत्यु नारायणी अस्पतालमा लामो समयददेखि जडान हुन नसकेको क्याथ ल्याब जडानको अन्तिम चरणमा पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली धरानबाट दश जना विचौलिया पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा ४६ अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट भएको छ । आज नेप्से परिसूचक ४६ दशमलव ३३ अङ्कले घटेर दुई हजार सात सय ७२ दशमलव १० को विन्दुमा झरेको हो ।

आज तीन सय १५ कम्पनीको दुई करोड २७ लाख २६ हजार दुई सय ८३ कित्ता शेयर एक लाख १२ हजार तीन सय ४७ पटक खरिद बिक्री हुँदा रू १० अर्ब नौ करोड ३६ लाख ५४ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएको छ । बैंकिङ एक दशमलव ३६, विकास बैंक एक दशमलव ७१, वित्त एक दशमलव ८७, होटल तथा पर्यटन शून्य दशमलव ८३, जलविद्युत् एक दशमलव ६६ र लगानी दुई दशमलव ४९ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बीमा एक दशमलव ७४, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९१, लघुवित्त एक दशमलव ५८, म्युचुअल फन्ड एक दशमलव ०४, निर्जीवन बिमा एक दशमलव २६, व्यापार शून्य दशमलव ८१ र अन्य समूह दुई दशमलव ६९ प्रतिशतले घटेको छ ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र आइसीएफसी फाइनान्स लिमिडेड डिभेञ्चरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू एक अर्ब १२ करोड ४८ लाख ४९ हजार नौ सय ६४ बराबरको १० लाख ६२ हजार दुई सय ४६ कित्ता शेयर किनबेच भएको छ ।