काठमाडौँ । नेकपा (एमाले) की सांसद इन्दिरादेवी गौतमले अहिले नेपाली समाज संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बताउनुभएको छ ।
राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो बताउनुभएको हो । उहाँले संक्रमणकालमा अपेक्षित उपलब्धी नहुँदा जनतामा केही पनि भएन भन्ने भाष्य स्थापित हुँदै गइरहेको बताउनु भयो ।
उहाँले संसदभित्र हुने हरेक छलफल र निर्णयहरुले राष्ट्रिय राजनीतिमा ठूलो महत्व राख्ने उल्लेख गर्दैमा सबै सचेत हुन जरुरी रहेको बताउनु भयो । उहाँले सांसदहरु नै आरोप र प्रत्यारोपमा अल्झिरहँदा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा हुन नसक्ने बताउनु भयो । क्षणिक लाभका लागि आम जनतामा फैलाइएका झुटा भ्रम र समाचारले नैराश्यता मात्र जगाउने भएका कारण यसमा सबै सचेत हुन जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संसदभित्र हुने हरेक छलफल र निर्णयहरुले राष्ट्रिय राजनीतिमा एकदमै ठूलो महत्व राख्दछ । जनताको जीवनस्तरसँग प्रत्यक्ष सरोकार राख्ने विषयस्तुमाथिको छलफल र निर्णहरुलाई जनताले निकै आशा र भरोसा लिएर हेर्न लालयित हुन्छन् । यसर्थ हाम्रा बैठकमा सत्य र तथ्यमा आधारित विषयवस्तुलाई गहिराईमा बुझेर जनतामा भ्रम सिर्जना हुन नदिने, राष्ट्रसम्मान र राष्ट्रियतामा आँच नआउने गरी जनतामा निराशाको बिजारोपण नहुने गरी गरिनुपर्दछ । हामी आरोप र प्रत्यारोपमा अल्झिरहँदा समृद्ध नेपाल, सुखी नेपाली भन्ने हाम्रो लक्ष्य ओझेलमा पर्न सक्छ । क्षणिक लाभका लागि आम जनतामा फैलाइएका झुटा भ्रम र समाचारले नैरोश्यता मात्र जगाउँछ । यसले कसैलाई पनि दृघकालीन फाइदा पुयाउदैन । यसतर्फ सबै सचेत बनौँ । अहिले नेपाली समाज संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । संक्रमणकालमा हामीले अपेक्षा धेरै गरेका हुन्छौं । त्यसअनुसारको उपलब्धी नहुँदा केही पनि भएन भन्ने भाष्य स्थापित हुँदै गएको छ । हामीले सोचजति र चाहेजति प्रगति भएको छैन । तर केही क्षेत्रमा राम्रो सुधार भएका छन् ।’
उहाँले संघीय मन्त्रालयबीच समन्वय नहुँदा जनताको अपेक्षाअनुसार विकास निर्माणले तिव्रता पाउन नसकेको बताउनु भयो ।









