काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतमा राखिएका झण्डा आन्दोलनरत विद्यार्थीले हटाएका छन् ।
सोमबारदेखि सुरु हुने नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्न कांग्रेस सभापति देउवासहितका नेताहरू धनगढी आउने भएपछि नेविसंघका विद्यार्थीले स्वागतका लागि सडक क्षेत्रमा पार्टीका झण्डा राखेका थिए ।
उनीहरूले झण्डा हटाउँदा नेविसंघका विद्यार्थीहरूले विरोध गरेपछि केहीबेर सडक अवरूद्ध बनेको थियो ।
प्रदेश सरकारले ल्याउन लागेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धी ऐनको विरोधमा रहेका आन्दोलनरत विद्यार्थीहरूले ती झण्डा हटाएका हुन् ।
ऐनको विरोधमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र रास्वपाका नेता सन्तोष जोशीलगायत छन् ।










