६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताले फ्याँकेको राजतन्त्रको पक्षमा बहस नगर्न अध्यक्ष ढुङ्गेलको आग्रह



अ+ अ-

काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेशका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले नेपाली जनताले फ्याँकेको राजतन्त्रको पक्षमा बहस नगर्न आग्रह गर्नुभएको छ ।

राजतन्त्रलाई नेपाली जनताले अस्वीकार गरिसकेको ढुङ्गेलले बताउनुभएको छ । ‘गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन’, सामाजिक सञ्जाल फेसबुकमा ढुङ्गेलले लेख्नु भएको छ ।

राजतन्त्रको एकदलीय निरङ्कुश, तानासाही, दमनकारी पञ्चायती व्यवस्था नेपाली जनताले भोगेको उहाँले स्मरण गराउनुभएको छ । ‘राजतन्त्रको समयमा भएको हत्या, हिंसा, जेलनेल, राजनीतिक दल माथिको प्रतिबन्ध भोगेकै हो, राजतन्त्रकै नेतृत्वमा हिरोइन ,स्न्याक र ह्यासिसहरू भित्रिएका हुन्, पुराना मूर्तिहरू चोरिएका र बिदेसिएका हुन्’, उहाँले लेख्नु भएको छ ।

राजतन्त्रमा अशिक्षा, अभाव, गरिबी, भोकमरी र गरिबी लगायत दुष्चक्रको कहाली लाग्दो अँध्यारो युग नेपाली जनताले भोगेको उहाँले स्मरण गराउनुभएको छ । ‘सडक, खानेपानी, विद्युत्, सिँचाइ, सञ्चार जस्ता पूर्वाधारको अभावै अभाव भोगेकै हो, राजतन्त्रलाई नेपाली जनताले अस्वीकार गरी रक्षानमा फ्याँकेकै हो, तसर्थ राजतन्त्रको वकालत नगर्दा हुन्छ, इतिहास मरेको छैन नेपाली जनताले भुलेको छैन’, उहाँले लेख्नु भएको छ ।

उहाँले राजतन्त्रको पक्षमा नारा लगाउनेलाई फेरी राजतन्त्र फर्किने सपना नदेख्न आग्रह गर्नुभएको छ । ‘फेरि सत्रौँ शताब्दीतिर नफर्किए हुन्छ, राजतन्त्र फिर्ता हुने सपना नदेखे हुन्छ, गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन’, उहाँले लेख्नु भएको छ ।