१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

जनताले फ्याँकेको राजतन्त्रको पक्षमा बहस नगर्न अध्यक्ष ढुङ्गेलको आग्रह

जनताले फ्याँकेको राजतन्त्रको पक्षमा बहस नगर्न अध्यक्ष ढुङ्गेलको आग्रह
अ अ+ अ-

काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेशका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले नेपाली जनताले फ्याँकेको राजतन्त्रको पक्षमा बहस नगर्न आग्रह गर्नुभएको छ ।

राजतन्त्रलाई नेपाली जनताले अस्वीकार गरिसकेको ढुङ्गेलले बताउनुभएको छ । ‘गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन’, सामाजिक सञ्जाल फेसबुकमा ढुङ्गेलले लेख्नु भएको छ ।

राजतन्त्रको एकदलीय निरङ्कुश, तानासाही, दमनकारी पञ्चायती व्यवस्था नेपाली जनताले भोगेको उहाँले स्मरण गराउनुभएको छ । ‘राजतन्त्रको समयमा भएको हत्या, हिंसा, जेलनेल, राजनीतिक दल माथिको प्रतिबन्ध भोगेकै हो, राजतन्त्रकै नेतृत्वमा हिरोइन ,स्न्याक र ह्यासिसहरू भित्रिएका हुन्, पुराना मूर्तिहरू चोरिएका र बिदेसिएका हुन्’, उहाँले लेख्नु भएको छ ।

राजतन्त्रमा अशिक्षा, अभाव, गरिबी, भोकमरी र गरिबी लगायत दुष्चक्रको कहाली लाग्दो अँध्यारो युग नेपाली जनताले भोगेको उहाँले स्मरण गराउनुभएको छ । ‘सडक, खानेपानी, विद्युत्, सिँचाइ, सञ्चार जस्ता पूर्वाधारको अभावै अभाव भोगेकै हो, राजतन्त्रलाई नेपाली जनताले अस्वीकार गरी रक्षानमा फ्याँकेकै हो, तसर्थ राजतन्त्रको वकालत नगर्दा हुन्छ, इतिहास मरेको छैन नेपाली जनताले भुलेको छैन’, उहाँले लेख्नु भएको छ ।

उहाँले राजतन्त्रको पक्षमा नारा लगाउनेलाई फेरी राजतन्त्र फर्किने सपना नदेख्न आग्रह गर्नुभएको छ । ‘फेरि सत्रौँ शताब्दीतिर नफर्किए हुन्छ, राजतन्त्र फिर्ता हुने सपना नदेखे हुन्छ, गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन’, उहाँले लेख्नु भएको छ ।