१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

शिक्षकका समस्या आपसी संवाद र वार्ताको माध्यमबाट समाधान गरौँः सांसद मिश्र

शिक्षकका समस्या आपसी संवाद र वार्ताको माध्यमबाट समाधान गरौँः सांसद मिश्र
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले शिक्षकका समस्या आपसी संवाद र वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सभाको आईतवारको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शिक्षकहरुलाई लामो समय सडकमा छोड्नु उचित नहुने भन्दै उनीहरुका माग पूरा गर्न सरकार सक्रिय हुनुपर्ने बताउनु भयो । उहाँले तत्कालीन समस्या समाधान गर्न सहमति गर्ने तर ऐन र नियममा नसमेट्ने सरकारको प्रवृत्तिका कारण शिक्षकहरु आन्दोलनमा उत्रिने गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘देशभरका शिक्षकहरु आन्दोलनमा छन् । संवादको माध्यमबाट उनीहरुको समस्यालाई समाधान गरौं । धेरै दिन शिक्षकलाई सडकमा नै छोड्नु उचित होइन । तत्कालिन समस्या समाधान गर्न सहमति गर्ने पछि ति सहमतिहरुलाई ऐन नियममा नसमेट्ने गर्दा विश्वसनीयता देखिँदैन ।’

उहाँले फरक प्रसंगमा बोल्दै महिलाहरुको हक र अधिकारको लागि बोल्ने पुरुषको समेत दायित्व भएको बताउनु भयो ।