७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजालाई स्वागत गर्न अध्यक्ष लिङदेन पनि एअरपोर्ट जाने



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न काठमाडौंमा भव्य र्‍याली आयोजना हुँदैछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन पनि राजाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने भएका छन् ।

राप्रपाले यसअघि पार्टीका संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई राजाको स्वागत कार्यक्रममा पठाउने तर अध्यक्ष लिङदेन उपस्थित नहुने आन्तरिक तयारी गरेको थियो ।

तर उक्त कार्यक्रममा सहभागी हुनुपर्ने माग सबैतिरबाट आएपछि लिङदेन पनि सहभागी हुने भएका हुन् ।

राप्रपाले गौशाला र तीनकुने क्षेत्रमा भेला भएका समर्थकहरू विमानस्थलबाट निर्मल निवाससम्म र्‍याली निकाल्ने बताएको छ ।