२ श्रावण २०८३, शनिबार
,
Latest
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाग्मतीबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन



बुद्धनगर क्षेत्र ।
अ+ अ-

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ आज काठमाडौँ महानगरपालिका वडा नं ३१ को अग्रसरतामा वाग्मती सफाइ गरिएको छ ।

काठमाडौँ महानगरपालिका–३१ का अध्यक्ष सरोज ढकालको नेतृत्वमा तीनकुने वडा नं ३१ को कार्यालय अगाडि वाग्मती नदीमा वडा सदस्यहरू अशोक केसी, हुमा आचार्य, वडा नागरिक समाज सञ्जालका पदाधिकारीको सफाइमा सक्रिय सहभागिता थियो । सफाइमा आलोकनगर समुदायका अध्यक्ष ध्रुव पोखरेल, आलोकनगर मार्ग टोल सुधार समितिका अध्यक्ष डिआर पोखरेललगायतको सफाइमा सक्रियता थियो ।

यसैगरी आलोकनगर वाग्मती अभियानकर्मी, अधिकारसम्पन्न वाग्मती सम्पन्न वाग्मती समितिका मञ्जु राई, सुन्दरीघाट वाग्मती सफा अभियान, योगगुरु किशोर जोशीसहित योग साधक, नेपाल प्रहरी, सामुदायिक नेपाल प्रहरी, वडा नं ३१ का कर्मचारी, वडावासी, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुका सरसफाइ गाडीसहित टोलीको पनि सहभागिता थियो । सफाइबाट करिब तीन मेट्रिक टन फोहर सङ्कलन गरिएको थियो । आज सङ्कलन गरिएको फोहर महानगरपालिकाको गाडीले व्यवस्थापन गरेको अभियानकर्मी किशोरसिंह शाही जानकारी दिनुभयो ।

विसं २०७० जेठ ५ गतेदेखि प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा सफाइ अभियान जारी छ । वाग्मती सफाइ महाअभियानको आज ६१६औँ हप्ता पूरा भएको छ । रासस