१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

सरकारले एमालेको साथ लिएर एमसीसी पास गर्ने सोचेको हो भने त्यो दिवासपना होः विशाल भट्टराई

सरकारले एमालेको साथ लिएर एमसीसी पास गर्ने सोचेको हो भने त्यो दिवासपना होः विशाल भट्टराई
अ अ+ अ-

काठमाडौं, २९ पुष । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको ६ महिने कार्यकाल उपलब्धिविहीन रुपमा व्यतित भएको टिप्पणी गरेका छन्। 

देउवा प्रधानमन्त्री भएको ६ महिना पुगेको अवसरमा आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता भट्टराईले प्रधानमन्त्री देउवालाई मन्त्रिमण्डललाई पूर्णता दिन नै तीन महिना समय लागेकोले ६ महिनाको अवधिमा उपलब्धिमूलक काम नभएको बताएका हुन् । 

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारको ६ महिना यत्तिकै व्यतित भएको उल्लेख गरे । उनले भने–‘सरकारको ६ महिनाको समिक्षा गर्दा यो ६ महिना त्यतिकै व्यतित भयो, प्रधानमन्त्रीले तीन महिनासम्म त मन्त्रिमण्डल विस्तार गर्न सक्नुभएन, मन्त्रिमण्डल विस्तार गर्नको लागि नै ९८ दिन लाग्यो । यो सरकारले गर्नलायक काम केही गरेन ।’

भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा आफ्नो पार्टी नभएको पनि स्पष्ट पारे । उनले भने,‘एमालेको साथ लिएर कसैले एमसीसी पास गर्ने सोचेको हो भने त्यो दिवासपना हो ।’ उनले सरकारको ६ महिनाको कामको समिक्षा गर्दा कांग्रेस नेता रामहरि खतिवडा र नेकपा (एकीकृत समाजवादी)का सांसद सोमप्रसाद पाण्डेले प्रतिपक्षी दललाई गाली गरेर आफ्नो अभिव्यक्ति सुरु गरेको स्मरण गराए । उनले भने,‘उहाँहरुले एमालेलाई सर्वाधिक धेरै गाली गर्नुभयो । एमाले यस्तो पार्टी हो, जसले गालीलाई स्विकार गर्दै तर्कसंगत खण्डन गर्नसक्छ।’

भट्टराईले वर्तमान सरकार जनादेशले नभएर परमादेशले गठन भएको उल्लेख गरे । उनले भने,‘दुनियाँमा अदालतले यति घण्टाभित्र सरकार बनाउनु र फलानोलाई प्रधानमन्त्री तोक्नु भनेको हामीलाई थाहा छैन् । तोकेको घण्टाभित्रै शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुभयो ।’ उनले यसअघिको आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सरकारले विकास निर्माणको धेरै काम गरेको स्मरण गराए । उनले भने,‘अहिले म विकासको धेरै कुरा गर्न सक्दिन्, हाम्रो पार्टी सरकारको नेतृत्वमा हुँदा ३९६ वटा आधारभुत तहको अस्पतालको शिल्यान्यास गरेका थियौं । ती कुनै नक्कली आयोजना होईनन । रणनीतिक सडक सांसदहरुले लेखेर दिएको हो । डिपिआर र नक्शान सकिएको थियो ।’

अहिले विकास आयोजनाको कुरामा पनि यसअघिका योजनाहरु बेवारिसे बनेको नको गुनासो थियो । उनले भने–‘बजेट होलिडे यही बीचमा भयो । बजेटको अभावको कारण ठूलो समस्या भएको छ । बैंकहरुको तरलताको अवस्था छ। यति ठूलो संकट अहिलेसम्म आएको थिएन ।’

त्यस्तै, प्रशासनको तर्फको कुरा गर्दा पनि बेथिति मात्रै रहेको उनको टिप्पणी थियो । ‘यहाँ कार्यक्षमता भएकाहरुलाई बेकामे बनाईएको छ, प्रशासनमा पनि अहिले बेथितिमात्रै छ’–उनले भने । त्यस्तै, विभिन्न देशमा राजदूहरु रिक्त रहेको पनि उनले गुनासो पोखे । उनले भने,‘चीनमा राजदूत खाली राखिएको छ। यो सरकार महाकाली तुईन प्रकरणमा चुँ बोलेन । 

एमसीसीको सन्दर्भमा सरकारको धारणा अहिलेसम्म आएको छैन् । कांग्रेसको धारणा त आयो, तर सरकारको धारणा के हो रु सरकारको एकीकृत धारणा अहिलेसम्म आएको देखिएको छैन् ।’

उनले वर्तमान सरकार बनेपछि अदालतभित्र चरम गुटबन्दी भएकोपनि आरोप लगाए । उनले भने,‘न्यायाधीशहरुको गुटबन्दी छ । न्यायालयमा चौपट समस्या उत्पन्न भएको छ । न्यायालय घुसखोरीको अखडा भएको छ, न्यायाधीश हरिकृष्ण कार्कीको रिपोर्टले यो कुरा भनेको हो । न्यायालयमा सुधारको लागि यो रिपोर्ट अक्षरंश पालना हुनुपर्छ ।’

भट्टराईले आफ्नो पार्टी संसदीय व्यवस्था र अहिलेको राजनीतिक व्यवस्थाको लागि सदैव दृढ भएर उभिने पनि बताए । उनले भने,‘हामीले संसद् सदाको लागि विघटन गरेको थिएनौं, एमाले संसदीय व्यवस्थाको लागि धेरै योगदान गरेको पार्टी हो । यसबाट एमाले किमार्थ पछि हट्दैन् । ०७४ को सालको जनादेशलाई यो संसदले बोकेन भनेर विघटन हामीले गरेको हो ।’ 

उनले एमालेले माओवादी केन्द्रसँग बाध्य भएर पार्टी एकता गर्नुपरेको पनि टिप्पणी गरे । उनले भने,‘सुरुमा हामीले गठबन्धन गरेका थियौं, पछि बाध्य भएर पार्टी एकता गरेको हो । अहिले कांग्रेसका साथीहरु यही गठबन्धन लिएर चुनावमा जानुभयो भने भोलि भोग्नुहुन्छ। एमाले संसदीय व्यवस्था र संविधानका उपलब्धिबाट पछि फर्किँदैन् ।’ उनले वर्तमान सरकारले खोपको उचित व्यवस्था गरेको छ भनेर भनिएकोमा यसमा पनि ओली सरकारकै योगदान रहेको सुनाए । 

उनले भने–‘खोप स्टकमा छ भनियो, त्यो बेलाको सरकारले गरेको व्यवस्थाअनुसार यो सबै काम भएको हो । नयाँ तरिकाले खरिद गरिएको होईन । हावादारी गफ नगरे हुन्छ। बरु, अब खोपलाई अभियानको रुपमा लैजानुपर्छ । पारदर्शी तरिका अपनाएर खोपको व्यवस्था गर्नुपर्छ ।’

अहिलेकै अवस्थामा आफूहरुले संसद् चल्न नदिने उनको चेतावनी छ । उनले भने–‘प्रतिनिधिसभा नियामावलीमा सभामुखलाई दलले निश्काषन गरिएका सांसद जोगाउने अधिकार छैन् । आफ्नो कर्तव्यबाट सभामुख चुक्नुभयो । 

सरिता गिरी, रामबहादुर थापा र टोपबहादुरहरुलाई कारबाही गर्दा उहाँले निष्काशन गरेको सुचना टाँस्नुभयो । यो विषय अहिले अदालतसम्म पुगवेको छ, अदालतले गर्ने निर्णय मान्छौं । सभामुखले विलम्ब गरेर भएपनि कारबाहीको सुचना टाँस्नुपर्यो । यदि उहाँले यसो गर्नुभन भने मार्गप्रशस्त गर्नुपर्यो ।  एमाले अहिलेको अवस्थामा संसद्को गतिरोध अन्त्य गर्ने अवस्थामा छैन् ।’

उनले एमालेले आगामी दिनमा नयाँ गठबन्धन नबनाउने पनि जिकिर गरे । उनले भने,‘यो गठबन्धन भत्काउने हाम्रो चाहना छैन् । स्थानीय तहको निर्वाचन सार्ने कुरा सुन्दैछु, शिघ्रादिशिघ्रा मिति तोकेर निर्वाचन घोषणा गर्नुपर्छ ।’ उनले अहिले देशव्यापी रुपमा एमालेको पक्षमा माहोल रहेको विश्वास दिलाए । उनले भने,‘अहिले एमालेको पक्षमा जनमत छ। माहोल राम्रो छ ।’