२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला सशक्तिकरण सोच, व्यवहार र प्रश्तुतिमा देखिनुपर्छः परराष्ट्रमन्त्री



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महिला सशक्तिकरण सोच, व्यवहार र प्रस्तुतिमा देखिनुपर्ने बताउनुभएको छ ।

शनिवार ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले परिवारमा महिलाको आवाज महत्वपूर्ण छ कि छैन भनेर खोजी गर्ने समय आएको बताउनु भयो । उहाँले महिलाले आफ्नो अधिकार आत्मविश्वासका साथ सदुपयोग गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘परिवारमा पनि महिलाको अवाज कति महत्वपूर्ण छ कि छैन ? पूजाआजालगायत सामाजिक कार्यमा महिलाले भनेको कुरा सुनिन्छ । तर अरु आर्थिक कुराहरु, घरका बारेमा, कुनै बच्चाको पढाईका बारेमा महिलाको अवाज सुनिन्छ कि सुनिदैन ? त्यो भित्र पनि महिलाले आफूलाई खोज्ने र आफूलाई राख्ने प्रयास गर्नुपर्छ ।

समाजमा, हाम्रो कम्युनिटीमा र देशमा यो सशक्तिकरण भन्ने कुरा हामीलाई हातमा दिनेबित्तिकै प्राप्त गर्ने र टोपी लगाएको जस्तो दौडिने कुरा होइन । यो भित्रैदेखि आफ्नो व्यवहार, आफ्नो सोच र आफ्नो प्रस्तुतिमा आउने कुरा हो र आत्मविश्वासको कुरा हो ।’

परराष्ट्रमन्त्री डा. राणाले समानताको हिसावले महिलाले प्राप्त गरेको अधिकार आफूले उपभोग गरेको अनुभुति हुनु पर्ने बताउनुभयो । महिलाहरुले आफूप्रति सम्मान र आत्मविश्वाससहित अघि बढ्नु पर्नेमा जोड निुभयो ।