१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

देउवा सरकारको ६ महिना उपलब्धिमूलक छ, राष्ट्रियताको सवालमा कांग्रेस कसँगैसँग पनि सम्झौता गर्दैनः रामहरि खतिवडा

देउवा सरकारको ६ महिना उपलब्धिमूलक छ, राष्ट्रियताको सवालमा कांग्रेस कसँगैसँग पनि सम्झौता गर्दैनः रामहरि खतिवडा
अ अ+ अ-

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका केन्द्रीय रामहरि खतिवडाले प्रधानमन्त्री शेरबहादुर देउवाको ६ महिने कार्यकाल उपलब्धिमूलक रहेको दाबी गरे ।

देउवा प्रधानमन्त्री भएको ६ महिना पुगेको अवसरमा आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले सरकारले संविधानलाई सही ट्रयाकमा ल्याउने काम गरेको र विकास निर्माणको काम पनि द्रुत गतिमा गरेको दाबी गरे । 

उनले भने,‘यसअघि नेकपालाई पाँच वर्षको लागि सरकारको नेतृत्व गर्ने अवसर थियो, तर उहाँहरु आँफैबीच मारामार, कुटाकुट र हानाहान गर्ने अवस्था भयो, दुई तिहाईको मतलाई अपमान गर्नुभयो, उहाँहरुकै कारण अहिले कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पायो । कांग्रेस सरकारमा आउनुपुर्व संवैधानिक निकाय र संसदीय पद्धती ध्वस्त थियो । तत्कालिन प्रधानमन्त्री ओलीले ६ महिनाको अवधिमा दुई दुई पटक संसद् विघटन गर्नुभयो, राष्ट्रपतिलाई दुरुपयोग गरिएको थियो । तर, अदालतले परमादेश दिएर अहिले नयाँ सरकार बनेको छ। यसले अहिले मुलुकलाई संवैधानिक ट्रयाकमा ल्याएको छ ।’

उनले हिजो संवैधानिक निकाय भर्तीको केन्द्र बनाईएको भएपनि अहिले देउवा सरकारले त्यसलाई सुधारेको दाबी गरे । उनले भने,‘अहिले गठबन्धनको सरकारले राम्रो काम गर्यो । संविधानलाई सही ट्रयाकमा ल्याउने काम भएको छ। हिजो सरकारमा हुँदा केपी ओलीले ०७५ सालको मंसिरमै रेलको टिकट किन्न भन्नुभयो,  पानीजहाजको कार्यालय खोल्नुभयो, तर तीन महिनाभित्रै बन्द भयो । उहाँले बोल्दा धेरै हास्ने काम त गरियो, तर उहाँको काम हेर्दा निन्द्रा लाग्दैन थियो ।’

उनले आफूहरुको सरकारको नेतृत्वमा आउनेवित्तिकै पदमुक्त भएका सांसदहरुको लागि राष्ट्रियसभाको निर्वाचन गरेको पनि बताए । उनले भने,‘अहिले फेरि सरकारले कार्यकाल सम्पन्न भका राष्ट्रियसभाका सांसदहरुको निर्वाचनको तयारी गर्दैछ। यो निर्वाचन आगामी माघ १२ गते सम्पन्न हुँदैछ।’

उनले देउवा सरकारले यसअघि ध्वस्त भएको अर्थतन्त्रलाई सही बाटोमा हिँडाउन थालेको पनि दाबी गरे । नले भने,‘हिजो केपी ओलीले १६५ वटा सडक एकैचोटी उद्घाटन गर्नुभयो । 

पैसा सैसा थिएन, एकैचोटी रणनीतिक सडक उद्घाटन गर्नुभयो । मुलुकमा खोप थिएन । अहिले १ करोड खोप जम्मा छ । यो सरकार आएपछि यसले खोप, खोप खोपमात्रै भनेको छ। माघ १ गतेबाट राष्ट्रिय खोप अभियान सुरु गर्दैछ। सरकार जनताको स्वास्थ्यप्रति गम्भीर छ, सोहीअनुसार काम गरिरहेको छ। यो बीचमा पार्टीले आफ्नो १४औं महाधिवेशन पनि सफल रुपमा सम्पन्न गरेको उनले सुनाए । त्यस्तै, सरकारले प्रत्येक (मुटु, मिर्गौला फेल भएका र स्पाईनल–कर्ड ईन्जुरी) का विरामीलाई ५ हजार दिन थालिएको पनि उनको दाबी छ । 

त्यस्तै, खतिवडाले सरकारले विदेश सम्बन्धमा पनि राम्रो काम गरेको दाबी गरे । उनले भने,‘हिजोका दिनमा कनिका छरेरजस्तो बजेट दुरुपयोग गर्न दिँदैनौं । जनतालाई भ्रमको खेति गरिएको थियो, अहिले यो सरकारले सही ट्रयाकमा ल्याएको छ ।’ उनले एमालेले संसद् चल्न नदिएकोमा पनि आक्रोश पोखे ।

उनले भने,‘चुनावबाट बनेको संसद् देखिनसक्नेले किन फेरि चुनावको कुरा गरेर भ्रमको खेती गर्नु ? एमालेका साथीहरु संसद्को बैठकमा चाहीँ जानुहुन्छ, अनि अवरोध गर्नुहुन्छ। फेरि भक्ता चाहीँ खाईरहनुभएको छ । संसदीय समितिमा माधव नेपालहरु बस्दा सँगै बस्ने अनि संसद्मा चाहीँ विरोध गर्ने काम गलत हो । उहाँहरुले सभामुखमाथि विषवमन गर्नुभयो ।’

उनले हिजोका दिनमा आफूहरुले प्रतिपक्षीको रुपमा प्रभावकारी भूमिका निर्वाह गरेको पनि स्मरण गराए । उनले भने,‘संसद्मा प्रतिपक्षीको भूमिका हामीले राम्रोसँग खेल्यौं । तर, अहिले एमालेले संसद् अवरोध गरिरहेको छ। हामी त प्रमुख प्रतिपक्षीसँग सल्लाह गरेर संसद् चलाउँछौं । प्रधानमन्त्री आँफै गएर प्रमुख प्रतिपक्षी दलको नेतालाई भेट्नुभएको छ । मलाई विश्वास छ, ओलीले संसद् चलाउन सहयोग गर्नुहुन्छ। केपी ओलीले हिजो प्रधानमन्त्री हुँदा बोलाएको सर्वदलीय बैठकमा देउवा सहभागी हुनुभयो । तर, अहिले ओली सर्वदलीय बैठकमा आउनुभएन । प्रतिपक्षी सत्तापक्षसँग किन नमिल्ने  रु सबै दल मिलौं । एमालेलाई पनि यही सरकारमा ल्याएर चुनावमा जान हामी तयार छौं । यो सरकार संसद्को पूरै अवधि चल्छ । ’

उनले नेपालको भूमीमा कसैले पनि बाटोघाटो बनाउनु गलत भएको भन्दै यसमा पार्टीको तर्फबाट घोर भत्र्सना गरे । उनले भने,‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी हो । नक्सा ल्याउँदा पनि कांग्रेसले केन्द्रीय समितिको बैठक राखेर निर्णय गरेको छ । हामी कुटनीतकि रुपमा सम्वाद गरेर हाम्रो भूमी फिर्ता ल्याउँछौं । यसको लागि अहिले पहल भैरहेको छ । परराष्ट्रमन्त्रीले पनि यसबारेमा पहल भैरहेको भन्नुभएको छ । राष्ट्रियताको सवालमा कांग्रेस कसँगैसँग पनि सम्झौता गर्दैन ।’