१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाहरु एकतावद्ध भएमात्रै समाज परिवर्तन हुन्छः उपसभामुख राना



अ+ अ-

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले महिलाहरु एकतावद्ध भएमात्रै समाज परिवर्तन हुनसक्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ठूला कुरा गरेर भन्दा अनुशासित भएर काम गरे सफलता मिल्ने जिकिर गर्नुभयो । उहाँले सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणको कुरा गर्ने तर अर्कोतिर यसमै खेल खेल्ने कुराले कहिल्यै परिवर्तन हुन नसक्ने बताउनु भयो ।

उपसभामुख रानाले भन्नुभयो, ‘हामीले ठूलो ठूलो कुरा गर्ने भन्दा पनि हामी अनुशासित हुनुपर्छ । टाइमलाई हामीले समात्न सकेनौँ भने हामी कहिले पनि कतै पुग्न सकिँदैन । महिलाहरु एकतावद्ध हुनुपर्छ र मात्रै समाज परिवर्तन हुन्छ । सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणको कुरा गर्दछौँ तर हामी खेल खेल्छौँ । कहिले पनि परिवर्तन हुँदैन ।’

उपसभामुख रानाले पुरुष र नारी दुवै मिलेमात्रै परिवर्तन सम्भव रहेको बताउनु भयो । उहाँले नारी र पुरुष एक भएर मात्रै समाजलाई रुपान्तरण गर्नसकिने बताउनु भयो ।